News Portal

कोरोनाका कारण अमेरिकामा ज्यान गुमाउनेको संख्या १ लाख ५० हजार नाघ्यो, भारतमा ३५ हजार बढी

डबली संवाददाता२०७७ साउन १५ गते
१३९ पटक

काठमाडौं । अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ लाख ५० हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा कोरोना संक्रमणबाट १ लाख ५० हजार ४ सय ४७ छ ।त्यसैगरी कोरोनाबाट ४४ लाख १४ हजार ८ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको दम्भ र अहंकारका कारण अमेरिकामा कोरोनाले रुप लिएको विज्ञहरुले बताएका छन् । रोग विज्ञ डा. एन्थोनी फाउचीले कोरोना संक्रमण तीव्र रुपमा बढ्नुमा मुख्य कारण स्वास्थ्य विशेषज्ञहरुको सल्लाह नमान्नु भएको बताए ।

अमेरिकापछि कोरोनाबाट दोस्रो बढी प्रभावित देश ब्राजिलमा ९० हजार १ सय ३४ जनाको मृत्यु भएको छ । ब्राजिलमा कोरोना संक्रमितको संख्या २५ लाख ५२ हजार २ सय ६५ पुगेको छ ।

तेस्रो नम्बरमा छिमेकी भारत रहेको छ । भारतमा संक्रमितको संख्या १५ लाख नाघेको छ । भारतमा पछिल्लो १२ दिनमा मात्र ५ लाख कोरोना भाइरस संक्रमित थपिएसँगै संक्रमितका संख्या १५ लाख नाघेको हो ।

एकै दिन भारतमा ७ सय ८१ जनाको कोरोनाले ज्यान लिएको छ । योसँगै ज्यान गुमाउनेनको भने ४९ हजार २ सय ९२ जना नयाँ संक्रमित थपिएका छन् । यो अहिलेसम्मकै नयाँ रेकर्ड हो । अहिलेसम्म भारतमा ज्यान गुमाउनको संख्या ३५ हजार नाघेको छ ।

भारतको महाराष्ट्र र आन्ध्र प्रदेश बढी जोखिममा परेको छ । महाराष्ट्रमा यो संख्या ७ हजार ७ सय १७ नाघेको छ भने आन्ध्र प्रदेशमा ७ हजार ९ सय ३८ नाघेको छ । यो संगै कर्नाटकमा ५ हजार ५ सय ३६, केरलमा ११ सय ६७ र पञ्जावमा ६ सय १२ जनामा संक्रमण भएका छन् ।

प्रतिकृया दिनुहोस्