News Portal

झरीमा भिजेको शरीरलाई निरोगी बनाउन , आज नेपालीहरूको खीर खाने दिन

डबली संवाददाता२०७७ साउन १५ गते
२७२ पटक

काठमान्डौं । आज साउन १५ नेपालीहरुले खिर खाने दिन मनाई रहेका छन । आजको दिन परिवारका सदस्य, इष्टमित्र, आफन्त, छरछिमेकीहरु सँगै बसेर खीर लगायत मिष्ठान्न परिकार तथा भोजन खाने चलन छ ।

बर्खायामको झरीमा भिजेको शरीरलाई निरोगी बनाउन तथा जिवन उर्जामय राख्न खीर खाने चलन चलेको पुरानो मान्यता छ । मरिच, सुकेको नरिवल, दालचिनी लगायतका मसला राखेर बनाइएको खीर यो मौसमका लागि उपयुक्त मानिन्छ । खीरमा राखिएका विभिन्न मसलाले शरीरलाई सधै भरि उर्जामय बनाई राख्न महत्वपूर्ण भूमिका खेल्ने मान्यता छ ।

यो दिन नेपाली कृषकहरुको विशेष दिन हो । कृषकहरुले रोपाईँको चिसो पखाल्न विभिन्न मसलाले भरिएको खीर खाएर शरीरलाई पुनर्ताजगी गराउने मान्यता छ । आजको दिन पुत्रदा एकादशी पनि परेको हो । एकादशीमा नून समेत नखाएर ब्रत बस्ने चलन छ । त्यस्तै ब्रत बस्नेहरु खीर खान पाउने छैनन् । त्यसैगरी आज अन्तर्राष्ट्रिय मानव बेचविखनविरुद्धको दिवस पनि परेको छ ।

प्रतिकृया दिनुहोस्