News Portal

उत्तर कोरियामा पहिलो पटक एकजनामा कोरोना संक्रमण, लकडाउन गर्न किमजोङले दिए निर्देशन

डबली संवाददाता२०७७ साउन १२ गते
३४१ पटक

काठमाडौं । कोरोना भाइरसका कारण विश्व अलगथलग भइरहेको बेला सुरक्षित रहेको उत्तर कोरियामा पहिलो पटक कोरोना भाइरसको संक्रमण फेला परेको छ । उत्तर कोरियाको केसाङ सहरमा पहिलो संक्रमित फेला परेका हुन् । दक्षिण कोरियाबाट अवैधानिक रुपमा उत्तर कोरिया प्रवेश गरेका एक जनामा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

एकजनामा कोरोना संक्रमण देखिएसँगै उत्तर कोरियाका सर्वोच्च नेता किमजोङ उनले स्वास्थ्य र सुरक्षा अधिकारीसँग बैठक गरेर उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन् । केसाङ वरपर किमले स्वास्थ्य आपतकाल घोषणा गर्नुका साथै लकडाउन गर्न निर्देशन दिएका छन् ।

संक्रमण देखिएका व्यक्ति १९ जुलाईमा उत्तर कोरियाली संचारमाध्यमहरुलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । कोरियाको केन्द्रीय अनुसन्धान ब्यूरोले संक्रमितको अवैध प्रवेशबारे अनुसन्धान गरिरहेको जनाएको छ । प्रवेश गर्न दिने अधिकारीलाई कडा कारबाही गरिने उत्तर कोरियाका अधिकारीले बताएका छन् ।

यसैबीच विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ६४ लाख नाघेको छ । जसमध्ये अहिलेसम्म ६ लाख ५२ हजार २७६ जनाको ज्यान गएको छ । त्यस्तै अहिलेसम्म निको हुनेको संख्या १ करोड नाघेको छ । सोमबार विहानसम्म एक करोड ५१ हजार संक्रमित निको भएर घर फर्किएका छन् ।
अहिलेसम्म सबैभन्दा धेरै अमेरिका संक्रमित र ज्यान गुमाएका छन् । अमरिकामा ४३ लाख ७२ हजार संक्रमित भेटिएका छन् जसमा १ लाख ४९ हजार ८४९ जनाको ज्यान गएको छ ।

कोरोनाको खतरा सूचीको दोस्रो नम्बरमा रहेको ब्राजिलमा संक्रमितको संख्या २२ लाख २० हजार नजिक पुगेको छ । त्यस्तै ब्राजिलमा ८७ हजार ५२ जनाको ज्यान गएको छ । भारतमा संक्रमित संख्या १४ लाख ३६ हजार १९ पुगेका छन् । त्यस्तै ज्यान गुमाउनेको संख्या ३३ हजार नजिक पुगेको छ । रुसमा संक्रमित संख्या ८ लाख नाघेको छ ।

प्रतिकृया दिनुहोस्