News Portal

पञ्चहरुबीच फेरि भाँडभैलोः ३१ जना लिएर सुनिल थापा काँग्रेसतिर

डबली संवाददाता२०७७ साउन ११ गते
१७८ पटक

काठमाडौं । पञ्चहरुको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा फेरि भाँडभैलो भएको छ । पटकपटक फुट्ने फेरि जुट्ने गर्दै आएको राप्रपा फेरि फुटेको छ । तीन अध्यक्ष हुनेगरी भएको एकता प्रक्रिया नटुंगिँदै सुनिलबहादुर थापाको नेतृत्वमा फेरि विभाजन भएको छ । थापासहित ३१ नेताले शनिबार सामूहिक राजीनामा दिए का छन् ।

पूर्वपञ्ज पशुपति शमशेर जबरा, प्रकाशचन्द्र लोहनी र कमल थापाले अलग अलग नेतृत्व गरेका समूहरुबीचको एकता देशभर नटुंगिँदै फेरि विवाद उत्पन्न भएको छ । पूर्वपञ्चहरुबी गणतन्त्र र राजाबारे मतभेद अझै छ । कसैले राजाको पुर्नस्थापनाको एजेण्ड बोक्न चाहन्छन् र त्यसैगरी कोही नेताहरु राजा आउन सम्भव नभएको भन्दै गणतन्त्र मानेर अगाडि बढ्नु पर्ने धारणा राखेका छन् । शक्तिहिन भएपछि पूर्वपञ्च एक हुने र कार्यकर्ताको केन्द्रिकरण हुन थालेपछि आ–आफ्ना डम्फु बजाउन थाल्दै आएका छन् ।

थापासँगै राप्रपाबाट अलग हुनेमा केन्द्रीय सदस्यदेखि जिल्ला नेताहरुसम्म छन् । सामुहिक राजिनामा दिनहरुमा विष्णुविक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव, पदमबहादुर बस्नेत, किरण गिरी, दिलिप राई, आशाराम चौधरी, चन्द्र कुमार घुण्डे गुरुङ, श्रीमती राज्यलक्ष्मी श्रेष्ठ, चतुरमान विश्वकर्मा, राम पदारथ शाह, बिरेन्द्रलाल कर्ण, नारायण राउत छन् ।

यसैगरी राजीनामा दिनेमा जिल्ला तहका नेताहरुमा इन्द्र बहादुर तामाङ्ग, राज कुमार भट्टराई, डम्बर बहादुर राई, माधव पौडेल, अर्जुन विक्रम थापा, हरेन्द्र प्रसाद यादव, रुप नारायण यादव, भिखारी लाल यादव र भिखारी लाल यादव छन् । धनकुटा जिल्ला अध्यक्ष लक्ष्मी शुब्बासहित जिल्ला कार्य समितिका सम्पूर्ण सदस्यहरु, सम्पूर्ण नगर, गाउँ, क्षेत्रीय इकाइ समितिहरुले पनि पार्टीबाट राजीनामा दिएको जनाइएको छ ।

तीनै जना अध्यक्ष ढुलमुले दृष्टिकोणका साथ अगाडि बढेकाले पार्टी एकीकरणपछि पनि आकर्षण नबढेको र जनमत प्रतिकुल अगाडि बढेकाले आफूहरुले राजिनामा दिएको बताएका छन् । भागबण्डा मिलाएर पार्टी एकतापछि पनि त्यही अस्पष्ट दृष्टिकोण कायम छ रहेको एकतापछिको सचिवालय कार्य व्यवस्था समिति सहित विभिन्न निकायको गठनमा समावेशीतालाई पुरै वेवास्ता गरिएको थापा पक्षको आरोप छ ।

थापा राजतन्त्र फर्किन नसक्ने भन्दै गणतन्त्र मानेर जानु पर्ने पार्टीमा राख्दै आएका थिए । तर, अध्यक्षतृयले अस्वीकार गर्दै आएका थिए । अब थापा नेपाली काँग्रेसमा प्रवेश गर्ने तयारी भइरहेको छ । काँग्रेस नेताहरुसँग थापाले धेरै चरणमा छलफल समेत गरिसकेका छन् ।

प्रतिकृया दिनुहोस्