News Portal

काँग्रेसको अहिलेसम्मकै कठोर निर्णयः चुनावमा धोका दिने जोशीसहित तीन नेता निष्कासित

डबली संवाददाता२०७७ साउन १० गते
१८५ पटक

काठमाडौं । नेपाली काँग्रेसले तीन जना प्रभावशाही नेतालाई पार्टीबाट निस्काशन गरेको छ । काँग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीसहित पार्टीका सदस्यबाटै निस्काशन गरेको हो ।

चुनावमा पार्टीका नेतालाई हराएको आरोपमा पूर्वमन्त्री जोशीसँगै पुस्करनाथ ओझा र रामबहादुर विष्टलाई काँग्रेसले शनिबार निस्काशन गरेको छ । जोसीले तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिएका थिए । त्यस्तै कैलालीका ओझाले नेतृ आरजु राणा देउवालाई चुनाव हराउनु भूमिका खेलेको र विष्टले पनि चुनावमा आफ्नै पार्टीका नेताहरुलाई चुनाव हराउन भूमिका खेलेको निष्कर्ष काँग्रेसले निकालेको छ ।

चुनाव सकिएको यतिका समयपछि कांग्रेसको अनुशासन समितिले सिफारिसका आधारमा तीनै नेताहरुलाई निस्काशन गरेको छ । ओझालाई कैलालीमा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु देउवालाई चुनाव हराउन भूमिका खेलेको आरोप लगाइएको छ ।

त्यसैगरी काँग्रेस सभापति शेरबहादुर देउवालाई हराउने प्रयास गरेको र पार्टी अनुशासन उलंघन गरेको भन्दै काँग्रेसका डडेलधुरा कांग्रेसका कार्यालय सचिव विष्टलाई तीन वर्षको लागि निस्काशन गरेको छ ।

पार्टीले तीनै जनाको स्पष्टीकरणको जवाफ चिक्तबुझ्दो नभएको र पार्टीको अनुशासन उल्लंघन गरेको भन्दै समितिले पार्टीबाट निस्काशन गर्ने निर्णय गरेको थियो ।

जोशीले तनहुँमा समानान्तर पार्टी चलाइरहेका छन् । पार्टी कार्यालयदेखि जिल्लाका गतिविधि पनि समानान्तर छन् । जोशी र संस्थापनका नेता कार्यकर्ताबीच पटकपटक झडप समेत हुँदै आएका थिए । नेता रामचन्द्र पौडेललाई खुलम खुला चुनौती दिँदै आएका जोशीको बागी उम्मेदवारीका कारण हार खानु परेको थियो । काँग्रेसको यो निर्णयलाई अहिलेसम्मकै कठोर भन्दै कार्यकर्ताहरुले प्रसंशा गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस्