News Portal

नेपालमा कोरोना जित्नेको संख्या १३ हजार नजिक, सक्रिय संक्रमित ५ हजार मात्रै

डबली संवाददाता२०७७ साउन १० गते
१२८ पटक

काठमाडौँ । नेपालमा कोरोना भाइरसको संक्रमण घट्दो क्रममा छ । थप संक्रमण नफैलिए नेपाल कोरोनामुक्त हुन सक्ने देखिएको छ । तर, लकडाउन अन्त्यसँगै कोरोना फैलिन सक्ने चिन्ता बढेको छ । नेपालमा कोरोना जित्नेको संख्या १३ हजार नजिक पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार शुक्रबार कोरोना जितेर १२ हजार ९ सय ४७ जना घर फर्किएका छन् । शुक्रबार थप १०७ जनाले कोरोना जितेर घर फर्केका थिए । अहिलेसम्म नेपालमा संक्रमितको संख्या १८ हजार नाघेको छ । शुक्रबार थप १३३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ३ सय ७४ पुगेको छ । शुक्रबारसम्म सक्रिय संक्रमित वा उपचारमा रहेकाहरुको संख्या ५ हजार ३ सय ८३ जना रहेको छ ।

कोरोना नियन्त्रणमा आएको भन्दै सरकारले साउन ७ गते मध्यरातिबाट लकडाउन अन्त्य गर्ने निर्णय गरेको थियो । योसँगै लामो र छोटो दूरीका सबै सवारी साधानहरु खुलेका छन् । यसअघि जारी लागु गरिएको जोरबिजोर हटाइएसँगै काठमाडौँमा जाम हुन सुरु भएको छ । चार महिनासम्म उकुशमुकुश भएका राजधानीबासी ढुक्कसँग घर बाहिर निस्केका छन् । दैनिकीलाई पुरानै ठाउँमा फर्काउने प्रयास भइरहेको छ । तर, दैनिक कोरोना सं क्रमितको संख्या थपिँदै गएकोले चिन्ता बढिरहेको छ ।

सरकारले भदौ १ गतेदेखि सबै हवाई उडान सुरु गर्ने निर्णय गरेको छ । त्यस्तै भदौबाटै शैक्षिक संस्थाहरुले भर्ना र परीक्षा संचालन गर्न पाउने निर्णय पनि सरकारले गरेको छ । विज्ञ तथा चिकिस्तकहरुले सरकारले कोरोना परीक्षणलाई खुम्च्याएर कम संक्रमित देखाएको बताउँदै लकडाउनको अन्त्यसँगै जोखिम बढेको बताएका छन् । उनीहरुले पीसीआर परीक्षणलाई बढाउनु पर्ने समेत बताएका छन् । कोरोना समुदायमा पुगेको आ शंका गरिएका स्थानहरुमा समुदायमा नै परीक्षण गर्नुपर्ने उनीहरुले बताएका छन् । त्यसैगरी सबैलाई सतर्क भएर नियमित काममा फर्किन पनि चिकित्सकको सुझाव छ ।

प्रतिकृया दिनुहोस्