News Portal

फेरि मनसुन सक्रिय, सुदूरपश्चिम र १ नम्बर प्रदशमा भारी बर्षा, सतर्क रहन सुझाव

डबली संवाददाता२०७७ साउन ११ गते
१९३ पटक

काठमाडौं । मनसुन फेरि सक्रिय भएको छ । मौसमविद्का अनुसार फेरि तीन चार दिनसम्म हल्कादेखि भारी बर्षा हुनेछ । मौसम विज्ञान तथा पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पुनः भोलिबाट फेरि बर्षा हुनेछ ।

सोमबार रातिबाट मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहने विभागले जनाएको छ । साथै अरब सागरबाट समेत पर्याप्त जलवाष्पयुक्त हावा भित्रिने सम्भावना देखिएकाले फेरि झरी सुरु हुने विभागको पूर्वानुमान गरेको छ ।

महाविभागले जारी गरेको विशेष मौसमी बुलेटिनमा भोलिदेखि ३–४ दिनसम्म नेपालमा मनसुन सक्रिय भएर लगातार वर्षा हुने अनुमान गरिएको छ । मनसुन सक्रिय हुँदा नदी र खोलामा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने विभागले बताएको छ ।

विभागका अनुसार आज पनि देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आज प्रदेश १ र सुदूर पश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्