News Portal

भदौ १ गतेदेखि आन्तरिक र अन्तर्राष्ट्रिय हवाइ उडान खोल्ने निर्णयसँगै कोरोना फैलिने चिन्ता

डबली संवाददाता२०७७ साउन ६ गते
३१४ पटक

काठमाडौं । हवाई उठान र यातायात चल्ने सरकारले निर्णय गरेसँगै कोरोना थप फैलिने चिन्ता बढेको छ । त्यस्तै, यातायातको कारण गन्तब्य पुग्न नसकेकोहरुमा भने आशावादी भएका छन् ।

सरकारले सोमबार भदौ १ गतेदेखि आन्तरिक र अन्तर्राष्ट्रिय हवाइ उडान खोल्ने निर्णय गरेको छ । त्यस्तै, सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले एक जिल्लाबाट अर्का जिल्लामा चल्नेगरी यातायात संचालन गर्न दिन निर्णय गरेको समेत गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले बन्द व्यसायीक उडान सुरु गर्ने निर्णय गरेको बताएका छन् । चैतयता आन्तरिक तथा वाह्य हवाइ उडानमा रोक लगाउँदै आएको छ । तर, उडान सञ्चालनका लागि आवश्यक प्रोटोकल बनाउने जिम्मेवारी बैठकले पर्यटन मन्त्रालयलाई दिइएको छ ।

त्यसैगरी सरकारले जारी लकडाउन खुकुलो पार्दै एक जिल्लाबाट अर्को जिल्लामा यात्रुवाहक बस सञ्चालन गर्न दिने निर्णय गरेको छ । सामाजिक दूरी कायम राख्नुका साथै स्वास्थ्य सुरक्षा सर्तकता अपनाउँदै छोटो दूरीका अन्तर जिल्ला यात्रुबाहक बस सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

अहिले एउटै जिल्लामा स्वास्थ्य सुरक्षा सर्तकता अपनाएर बस सञ्चालन गर्न दिने निर्णय गरेको भएपनि प्रभावकारी बन्न सकेको छैन । यात्रुहरु बस चढ्न डराउने भएकोले काठमाडौँ भित्र फाटफुट्ट चलेका बस पनि खाली कुदिरहेका छन् ।

विभिन्न माग राख्दै बस संचालन गर्न नमानेका व्यवसायी समिति अब तयार भएका छन् । उनीहरु सरकारले बनाएको मापदण्डअनुसार बस संचालन गर्ने तयार रहेको बताएका छन् । सरकारको यो निर्णयसँगै कोरोना झन् फैलिने चिन्ता बढेको छ । विश्वका गन्तव्य देशहरुमा कोरोना नियन्त्रण आउँन अझै नसकेको अवस्थामा अन्तर्राष्ट्रिय हवाइ उडान खोल्ने निर्णयसँगै नेपालमा कोरोना भित्रिने चिन्ता बढेको हो ।

त्यस्तै एक जिल्लाबाट अर्को जिल्लामा बस संचालन गर्दा कोरोना फैलिन सक्ने बताइएको छ । नेपालमा फाट्टफुट्ट समुदायमा पुगेको कोरोना सुरक्षा सतर्कतामा कडाइ नगरिए समुदायमा पुग्ने विज्ञहरुको भनाई छ ।

 

प्रतिकृया दिनुहोस्