News Portal

प्रचण्ड निबासमा पूर्वमाओवादी नेताहरु भेलाः ओलीले जसरी पनि राजिनामा दिनुपर्ने निष्कर्ष, बादल र भट्ट गएनन्

डबली संवाददाता२०७७ साउन ५ गते
१८० पटक

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले पूर्वमाओवादी नेताहरुसँग छलफल गरेका छन् । आफू पक्षीय पूर्वमाओवादीको तर्फबाट स्थायी समिति सदस्यहरु सोमबार विहान प्रचण्ड निवासमा भेला भएका थिए ।

पार्टीभित्रको आन्तरिक विवाद, राष्ट्रपति विद्यादेवि भण्डारीसँग भएको भेट, मंसिरमा महाधिवेशन गर्ने अर्का अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावबारे छलफल गर्न पूर्वमाओवादी नेताहरु खुमलटारमा भेला भएका थिए छलफलमा सहभागी एक नेताकाअनुसार प्रचण्डले अर्का अध्यक्ष ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका थिए ।

छलफल सहभागी नेताहरु ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्रीमध्ये एकबाट राजिनामा दिनुपर्नेमा जोड दिएका थिए । उनीहरुले त्यसको लागि पहल गर्न प्रचण्डलाई सुझाव समेत दिएका थिए । एउटै व्यक्तिले गरेका कारण पार्टी र सरकार दुबै प्रभावकारी नभएको समेत बताएका थिए ।

“एउटै व्यक्ति पार्टी र सरकारको नेतृत्व गरेका कारण न जनतालाई चित्त बुझ्दो रुपमा सरकारले काम गर्न सकेको छ न कार्यकर्ताले चित्त बुझ्दो रुपमा पार्टीमा काम हुन सकेको छ । यसलाई समाधान गर्न एउटै विकल्प ओली कमरेडले एक पदबाट राजिनमा हो, यही विषयमा छलफल भयो” एक स्थायी समिति सदस्यले अनलाइन डबलीसँग भने । उनले आफूहरुले पार्टी र सरकारमा देखिएका समस्या समाधान गर्न ओलीलाई तयार हुन प्रचण्डमार्फत सुझाव दिएको बताए ।

नेताहरुले ओलीले गरेको महाधिवेशनको प्रस्ताव अस्वीकार गर्नुपर्ने निष्कर्ष समेत निकालेका छन् । पार्टी एकताका कामहरु नसकिएकोले मंसिरमा महाधिवेशन गर्न सम्भव नभएको स्थायी समिति सदस्यहरुले धारणा राखेको बताइएको छ । त्यस्तै, मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव समास्याको समाधान विधिमा नभएर प्राविधिक रुपमा मथ्थर गर्न खोजिएको भन्दै असमति जनाएका छन् ।

बैठकमा सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र स्थायी समिति सदस्य लेखराज भट्ट भने पूर्वमाओवादीको भेलामा गएका थिएनन् । त्यसअघि आइतबार प्रचण्डले वरिष्ठ नेता माधवकुमार नेपाल र उनी पक्षीय स्थायी समिति सदस्यहरुसँग पनि छलफल गरेका थिए । उनीहरुले पनि ओलीले एक पदबाट राजिनामा दिनुपर्नेमा जोड दिएका थिए ।

प्रतिकृया दिनुहोस्