News Portal

(नेकपा)को स्थायी समिति बैठक पुनः स्थगित, ओलीलाई राजिनामा गराउन प्रचण्ड–नेपाल झन् सक्रिय

डबली संवाददाता२०७७ साउन ४ गते
२८२ पटक

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक फेरि दुई दिनको लागि स्थगित भएको छ । आइतबार दिउँसो ३ बजे बोलाइएको बैठक साउन ६ गतेसम्मको लागि स्थिगित भएको हो ।

(नेकपा) पार्टी कार्यालयका सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले विज्ञप्ति जारी गरी बैठक साउन ६ गते ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने जानकारी दिएका छन् । आज गरी ६ पटकसम्म स्थगित भएको स्थायी समिति बैठक साउन ६ गते बस्छ भन्नेमा नेताहरुले आशंका गरेका छन् ।

शनिबार बसेको सचिवालय बैठकमा आज स्थायी समिति बैठक बोलाउने सहमति भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिरमा महाधिवेशन गर्ने स्ताव गरेका थिए । ओलीको उक्त प्रस्तावले नयाँ मोड दिएको थियो । तर, आइतबार विहानै प्रचण्डले ओलीसँग कुनै सहमति नभएको बताएका छन् ।

वरिष्ठ नेता माधव कुमार नेपला,झलनाथ खनाल, नारयाणकाजी श्रेष्ठलाई प्रचण्डले आइतबार विहान आफ्नै निवास खुमलटार बोलाएर ओलीसँग कुनै सहमति नभएको बताएका थिए । ओली र प्रचण्डबीच सहमति भएको भन्दै नेता नेपाल सशंकित भएका थिए । विहान प्रचण्डले आफू र ओलीबीच नभएको स्पष्ट पारेका थिए । खुमलटारमा भएको छलफलमा प्रचण्डले ओलीले महाधिवेशनको कार्ड फालेको भन्दै त्यसबाट आफू प्रवाभित नभएको बताएको स्रोतले बतायो ।

सचिवालय बैठक अगाडि ओली र प्रचण्ड दुई घण्टा वानटूवान वार्ता गरेको, बैठकमा मंसिरमा महाधिवेशन गर्ने विषयमा सकारात्मक भएपछि नेपालसहितका नेताहरु सशंकित भएका थिए । बैठक विना निष्कर्ष सकिएपछि ओली र प्रचण्ड सँगै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न सितल नीवास पुगेका थिए ।

शनिबार बैठकमा ओलीको प्रस्तावलाई गृहमन्त्री तथा सचिवलाय सदस्य रामबहादुर थापाले खुलेर समर्थन गरेको बताइएको थियो । विहान प्रचण्डले बोलाएको बैठकमा थापा नगएपछि महाधिवेशनको प्रस्तावको पक्षमा लागेको अनुमान गरिएको छ ।

त्यस्तै उपाध्यक्ष वामदेव गौतमले पनि खुमलटार गएनन् । शनिबारको बैठकमा गौतमले खुम खोलेका थिएनन् । आइतबार विहान खुमलटार नगएपछि ओलीको पक्षमा लागेको हुन सक्ने बताइएको छ । प्रचण्डले ओलीसँग कुनै सहमति नभएको बताएपछि नेपालसहितका नेताहरु खुशी भएका छन् । प्रचण्ड-नेपालको आइतबार दिउँसोसम्मका भेटघाट र छलफललाई हेर्दा ओलीलाई एक पदबाट राजिनामा गराएरै छोड्ने गरी तयारीमा लागेको बताइएको छ ।

प्रतिकृया दिनुहोस्