News Portal

मंसिरमा पार्टी अध्यक्ष छोड्छु, पाँच वर्षसम्म प्रधानमन्त्री बन्न दिनुस्ः ओली

डबली संवाददाता२०७७ साउन ४ गते
१२७ पटक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच वर्षसम्म प्रधानमन्त्री बन्न दिए पार्टी अध्यक्ष छोड्न तयार रहेको बताएका छन् । त्यो पनि महाधिवेशनपछि । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका ओली शनिबार बसेको सचिवालय बैठकमा बोल्दै आफू पार्टी अध्यक्ष सम्मानजनक छोड्न तयार रहेको बताए । आफूलाई पाँच वर्षसम्म प्रधानमन्त्री बन्न दिए मंसिरमा महाधिवेश गरेर अध्यक्ष पद छोड्न तयार रहेको बताए ।

ओलीको नयाँ प्रस्तावसँगै (नेकपा) भित्रको समिकरण परिवर्तन भएको छ । मंसिरमा महाधिवेशन गर्ने प्रस्तावमा अर्का अध्यक्ष प्रचण्डले समर्थन गरेपछि नयाँ समिकरण बनेको हो । प्रचण्डले समर्थन गरेपछि ओलीको पक्षमा फेरि बहुमत पुगेको छ । तर, मंसिरमा महाधिवेशन गर्न सम्भव नभएको भन्दै वरिष्ठ नेता माधव कुमार नेपालसहितका नेताहरुले असहमति जनाएका छन् ।

ओली र प्रचण्ड फेरि एक भएपछि नेता नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतका नेताहरुले चिडिएका छन् । पार्टीलाई विधि–पद्धतिबाट चलाउनेभन्दा पनि व्यक्तिगत गठजोड बनाएर जान खोजिएको नेता नेपालले आरोप लगाए । शनिबार बनेको नयाँ समिकरणले ओलीको दुबै पद जोगिएको छ ।
स्थायी समिति स्थगित गरेर शनिबार बसेको सचिवालय बैठकमा प्रचण्डसँगै महासचिव विष्णु पौडेल, रामबहादुर थापा, इश्वर पोखरेलले ओलीको प्रस्तावमा समर्थन गरेका थिए । त्यस्तै, वरिष्ठ नेता नेपाल, खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, वामदेव गौतम एक ठाउँमा उभिएका थिए । स्रोतका अनुसार गौतमले खासै दुबैको पक्षमा खुलेर नबोलेपनि मंसिरमा महाधिवेशन सम्भव नभएको बताएका थिए ।

बैठकमा एक घण्टासम्म बोलेका ओलीले बहुमत र अल्पमतको बलको निर्णय गर्नुभन्दा पनि आफूलाई सम्मानजनक रुपमा अध्यक्ष छोड्ने वातावरण चाहिएको बताएका थिए । “बहुमतको बलमा निर्णय गर्नेभन्दा पनि मलाई पार्टीको नेतृत्व सम्मानजनक रूपमै छाड्छु, पाँच वर्षसम्म प्रधानमन्त्री बन्न दिनुस्” ओलीले बैठकमा भने । उनले प्रधानमन्त्री फेरिँदा सन्देश राम्रो नजाने समेत बताउँदै मन्त्रिमण्डल पुर्नगठन गर्न सकिने बताए ।

वरिष्ठ नेता खनालले अहिले पार्टी एकतासमेत नटुंगिएको अवस्थामा मंसिरमै महाधिवेशन गर्न सम्भव नरहेको बताउँदै प्रधानमन्त्रीको प्रस्ताव अस्वीकार गरेका छन् । नेता नेपालले मंसिरमा महाधिवेशन गर्ने भनि आएको प्रस्तावमाथि विश्वा गर्न नसकिने बैठकमा भनेको एक नेताले बताए । त्यस्तै अर्का नेता खनालले पनि पार्टी एकताको कम नटुंगिएको बताउँदै महाधिवेशन गर्नु अत्यन्त चुनौतीपूर्ण भएको बताए ।

नेता नेपालले केपी र प्रचण्ड मिल्दैमा सबै कुरा मिल्छ भन्ने भ्रम नपाल्न पनि चेतावनी दिए । नेपालले भने पार्टी ओली र प्रचण्डको निर्णय भन्दापनि सिष्टमबाट चल्नुपर्ने बताएका थिए ।

प्रतिकृया दिनुहोस्