News Portal

चीन र रुसको बार्ताः अमेरिका र कोरोनासँग मिलेर मुकाबिला गरौं

डबली संवाददाता२०७७ साउन ३ गते
२७९ पटक

काठमाडौँ । चीन र रुसले अमेरिका वैश्विक समस्याबाट भागेको बताएका छन् । चिनियाँ विदेशमन्त्री चीनका विदेशमन्त्री वाङ यी र रुसी विदेशमन्त्री सर्गी लेभरोभबीच भएको टेलिफोन वार्ताको क्रममा अमेरिकामा सितयु द्ध’का मानसिकतामा भएको बताउँदै मिलेर ल’ड्ने बताएका छन् ।

चिनियाँ विदेशमन्त्री यीले वार्ताको क्रममा अमेरिका आफ्नो बौद्धिकता, नैतिकता र विश्वसनीयता गुमाएको बताएको एससीएपपीले जनाएको छ । अमेरिका पहिलो नीतिलाई बढावा दिएको अमेरिकाले अहंकार, एकतर्फी कार्य तथा डर र धम्की दिने कार्य गरेको बताएका थिए । उनले ठूला शक्ति त्यस्तो गर्नु नहुने भन्दै अमेरिकाले आफ्नो फाइदाको लागि चरम उपायहरुको सहारा लिएको छ जसले अन्तर्राष्ट्रिय सम्बन्धहरुमा टकराब सिर्जना गरेको बताए ।

टेलिफोन वार्ता पछि शनिबार नै चिनियाँ विदेशमन्त्रालयले जारी गरी अमेरिकाले ‘शीतयुद्ध’को मनस्थितीलाई अंगालेको साथै सन् १९५० ताका अमेरिकी सिनेटर विसकसिन जोसेफ मककार्थीलेजस्तै कम्युनिस्टविरुद्धको लडाइँको भावना बोकेको बताएको छ । अमेरिकाले चीनसँग अन्तर्राष्ट्रिय सम्बन्ध तथ अन्तर्राष्ट्रिय कानुन तोड्दै व्यवहार गरेको चीनले बताएको छ । चीनले आफ्नो मर्यादा र चासोलाई पूर्ण रुपमा रक्षा गर्ने विज्ञप्तिमा उल्लेख गरिएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

दुबै देशका विदेशमन्त्रीले अमेरिकी अहंकार, क्षेत्रीय सुरक्षा र कोरोना भाइरसविरुद्ध एक भएर लड्ने प्रतिवद्धता समेत जनाएका छन् ।
पछिल्लो पटक अमेरिकाले हङकङसम्बन्धी चीनको आन्तरिक मामला हस्तक्षेप हुने गरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिक्रिया दिने र प्रतिबन्ध लगाउने धम्की दिएपछि दुबै देशबीच फेरि तनावको अवस्थामा सिर्जना भएको छ ।

कोरोना भाइरस चीनले विश्वभर फैलाएको आरोप अमेरिकाले लगाउँदै आएको छ । अमेरिकाले चिनियाँ कम्युनिस्ट पार्टीका ९ करोड २० लाखभन्दा बढी सदस्यलाई प्रतिबन्ध लगाउने तयारी गरिरहेको सामाचार सार्वजनिक भएसँगै चीनले पनि कडा रुपमा प्रतिवाद गर्ने संकेत गरेको छ ।

प्रतिकृया दिनुहोस्