News Portal

नेपालमा ४० सहित कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६ लाख नाघ्यो, अमेरिकामा १ लाख ४३ हजार

डबली संवाददाता२०७७ साउन ३ गते
१६० पटक

काठमाडौँ । कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या दिनदिन बढिरहेको छ । पछिल्लो विवरणअनुसार नेपालमा ४० सहित ज्यान गुमाउनको संख्या ६ लाख नाघेको छ । जसमा सबैभन्दा बढी अमेरिकामा १ लाख ४२ हजार बढीले ज्यान गुमाएका छन् भने हजारौंका अवस्थामा गम्भीर छ ।

कोरोना अपडेट गरिरहेका विभिन्न साइटहरुका अनुसार शनिबारसम्म ६ लाखले ज्यान गुमाइसकेका छन् । भने केही अवस्था गम्भीर छ । तर, वल्ड्र्रोमिटर्स डट इन्फोले अहिलेसम्म ५ लाख ९९ हजार ३३९ जनाले ज्यान गुमाएको बताएको छ ।

यसैगरी संसारभरमा १ करोड ४१ लाख ८९ हजार मानिस यसबाट संक्रमित बनेका छन् । जबकी सबैभन्दा बढी संक्रमण रहेको अमेरिकामा ३७ लाख ७० हजार व्यक्ति यसबाट संक्रमित छन् ।

दोस्रो स्थानमा रहेको ब्राजिलमा २० लाख ४८ हजार संक्रमित छन् । जसमध्ये ७७ हजार ९ सयले ज्यान गुमाइसका छन् । त्यसपछि छिमेकी भारत संक्रमितको संख्या १० लाख ४० हजार नाघेको छ । जसमा २६ हजार बढीले ज्यान गुमाएका छन् ।

बेलायतमा अहिलेसम्म दुई लाख ९४ हजार संक्रमति पुगेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । जसमध्ये ४५ हजार २३३ जनाले ज्यान गएका छन् । संक्रमित वा प्रभावितको हिसाबमा बेलायत भन्दा अरु देश अगाडि छन् । पेरुमा कुल संक्रमितको संख्या ३ लाख ४६ हजार पुगेको छ । जसमा १२ हजार ७९९ जनाले ज्यान गुमाएका छन् । दक्षिण अफ्रिकामा ३ लाख ३७ हजार ६ संक्रमित भएका छन् भने ४ हजार ८०४ जनाले ज्यान गुमाएका छन् ।

त्यसैगरी  मेक्सिकोमा ३ लाख ३२ हजार संक्रमित भएका छन् भने २८ हजारले ज्यान गुमाएका छन् । स्पेनमा पनि कोरोनाका कारण २८ हजार ५ सयले ज्यान गुमाएका छन् । त्यहाँ संक्रमितको संख्या ३ लाख ८ हजार पुगेको छ ।

प्रतिकृया दिनुहोस्