News Portal

नेकपाका रोल्पा इन्चार्ज कमल थापा गिरफ्तार, राप्ती ब्यूरोले निकाल्यो यस्तो विज्ञप्ति

डबली संवाददाता२०७७ साउन ३ गते
१६५ पटक

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका रोल्पा इन्चार्ज कमल थापालाई प्रहरीले गिरफ्तार गरेको छ । ढाडको अपरेशन गरेर घरमा आराम गरिरहेका थापालाई प्रहरीले शुक्रबार गिरफ्तार गरेको नेकपाले जनाएको छ । सुनिल गाउँपालिका वडा नं. ६ स्थित घरबाटै सादा पोसाका प्रहरीले अपहरण शैलीमा थापालाई गिरफ्तार गरेको नेकपाले जनाएको छ ।

नेकपाको राप्ती ब्यूरो इन्चार्ज समरले विज्ञप्ति जारी गरेर थापाको गिरफ्तारीप्रति आपत्ति जनाएका छन् । उनले लकडाउनले अस्तव्यस्त बन्दै गएको सामाजिक अवस्थालाई सहजीकरण गर्दै बाढी पहिरोका पीडित र डुवानका घटनामा खटिएका पार्टी नेता कार्यकर्तालाई गिरफ्तार र राज्यआतंक मच्चाएको भन्दै इन्चार्ज समरले भत्सर्ना समेत गरेका छन् ।

“राप्ती ब्युरो सदस्य तथा रोल्पा जिल्लाका इन्चार्ज कमरेड कलम थापा ‘बिजुली’ लाई ढाडको अप्रेसन गरी आराम गरिरहेको अवस्थामा २०७७ साउन २ गते सुनिल स्मृति गाउँपालिका ६ बाट सादा पोसाकमा रहेका प्रहरीहरूद्वारा अ पहरण शैलीमा गिरफ्तार गरिएको छ । हामी सामाजिक फासिवादी केपी नेतृत्वको सरकारको यसप्रकारको जघन्य आपराधिक क्रियाकलापको घोर भत्र्सना गर्दै गिर’फ्तार गरिएका कमरेड कलम थापा ‘बिजुली’ लाई रिहाइका लागि पहल गर्न मानवअधिकारवादी तथा नागरिक समाजलाई अपिल गर्दछौँ” विज्ञप्तिमा भनिएको छ ।

आफ्नो असफलता, राष्ट्र घात, जनघात, भ्रष्टाचार र कमिसनखोरीको खेललाई ढाकछोप गर्न पार्टीमाथि फेरि दमन गरिएको भन्दै इन्चार्ज समरले नरोके प्रतिरोध गर्न बाध्य हुने चेतावनी दिएका छन् ।

प्रतिकृया दिनुहोस्