News Portal

प्रतिरोधात्मक कारवाही संचालन गर्न विप्लवको कार्यकतालाई निर्देशन, जनप्रतिनिधि निसानामा

डबली संवाददाता२०७७ साउन २ गते
३४५ पटक

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले पार्टी प्रतिरक्षात्मक तथा प्रतिरोधात्मक करबाही सञ्चालन गर्न पार्टी पंक्तिलाई विशेष निर्देशन दिएका छन् । पार्टी केन्द्रीय सदस्य तथा सेती–महाकाली ब्युरो इन्चार्ज ओमप्रकाश पुन, पार्टी सेती–महाकाली ब्युरो सदस्य तथा महिला केन्द्रीय सदस्य पूर्णिमा धामी र मेची–कोसी ब्युरो सदस्य जोखिमलाई गिर’फ्तार गरेपछि विप्लवले नेता कार्यकर्तालाई सो निर्देशनमा दिएका हुन् ।

“सामाजिक फासिवादी सरकारले एकातिर विभिन्न माध्यमबाट सम्पर्क गर्ने, वार्ता र भेटघाटका प्रचार गर्ने अर्कोतिर जिम्मेवार कमरेडहरूलाई गिरफ्तार गरिरहेकाले उसका चालबाजीप्रति एकरत्ति भ्रममा नपरेर फासिवादी दमनविरुद्ध सङ्घर्षलाई सशक्त बनाउन, पार्टी र क्रान्तिका कामहरूलाई सञ्चालन गर्न र आवश्यकताअनुसार प्रतिरक्षात्मक एवम् प्रतिरोधात्मक कार’बाहीहरू सञ्चालन गर्न सबै पार्टीपङ्क्तिलाई विशेष निर्देशन गर्दछौँ” विप्लवले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सरकारले वार्ताको लागि विभिन्न सम्पर्क स्रोतमार्फत पटकपटक भेटघाट र छलफल गरेको तर नेता कार्यकर्तालाई गिरफ्तार जारी राखेको भन्दै विप्लवले विहीबार विज्ञप्ति जारी गरेर आवश्यकताअनुसार प्रतिरक्षात्मक एवम् प्रतिरोधात्मक कारबाहीहरू सञ्चालन गर्न निर्देशन दिएका छन् । कोरोना महामारीका कारण नेकपाले पार्टीका सम्पूर्ण संघर्षका कार्यक्रम स्थगित गरेको थियो । विप्लवले विज्ञप्ति निकालेर जारी लकडाउनले जनजीवन प्रभावित पारेको भन्दै सहज नभएसम्म कुनै पनि कारवाही नगर्ने बताएका थिए ।

त्यसैगरी विप्लवले पुन, धामी र जोखिमलाई बिनासर्त रिहाइको माग गर्दै सरकारी चालबाजीको भ्रममा नपर्न पनि पार्टी पङ्क्तिलाई निर्देशन पनि दिएका छन् । राष्ट्रको स्वाधीतना र जनताको अधिकारका लागि लडिरहेको आफ्नो पार्टीमाथि गरिएको दमनको भत्र्सना गर्दै महासचिव विप्लवले एकातिर विभिन्न माध्यमबाट सम्पर्क गर्ने र वार्ता–भेटघाटका लागि प्रचार गर्ने तर पछि गिर’फ्तार गर्ने कार्य गरेको भन्दै मानवअधिकारवादी, कानुनविद् र बुद्धिजीवीहरूलाई विशेष ध्यान दिन आग्रह पनि गरेका छन् ।

नेकपाका सेती महाकाली ब्यूरो इन्चार्ज ओमप्रकाश पुन र पुनकी श्रीमती पूर्णिमा धामीलाई असार ३१ गते प्रहरीले बुधबार कैलालीबाट गिर’फ्तार गरेको थियो ।

नेकपाको यो निर्णयसँगै फेरि झ डप र कालोमोसो दल्ने, गाउँगाउँबाट जनप्रतिनिधिमाथि हमला हुने जस्ता कार्यक्रम हुन सक्ने चिन्ता बढेको छ । यसको पहिलो निशाना स्थानीय जनप्रतिनिधि हुने अनुमान हुन थालेको छ । आफूहरु िवरुद्ध जनप्रतिनिधिले सुराकी गरेको नेकपाका स्थानीय नेताले आरोप लगाउँदै आएका थिए ।

प्रतिकृया दिनुहोस्