News Portal

बुधबार थप ६ सय ९७ जनाले कोरोना जिते, कोरोनामुक्त हुनेको संख्या ११ हजार नाघ्यो

डबली संवाददाता२०७७ असार ३१ ग्ते
१८३ पटक

काठमाडौँ । नेपालमा कोरोना भाइरसलाई जित्नेको संख्या ११ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार थप ६ सय ९७ जना निको भएर घर फर्र्किएका छन् । योसँगै नेपालमा कोरोना जित्नेको संख्या ११ हजार २५ पुगेको छ ।

मन्त्रालया प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विभिन्न अस्पताल र आइसोलेसन सेन्टर रहेका संक्रमित कोरोनामुक्त भएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो । मन्त्रालयका अनुसार संक्रमितमध्ये ६४.२ प्रतिशत निको भएका छन् ।

त्यसैगरी बुधबार थप १ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा ५ हजार ९० जनाको परीक्षण गर्दा यो उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी नेपालमा कोरोनाका कारण थप एकजनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहटको परोहा नगरपालिका–७ का ३६ वर्षका पुरुषको ज्यान गएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारीअनुसार ती युवा भारतको बेंगलोरमा मृ.त्यु भएका दाइको अन्त्येमा सहभागी भएर २४ असारमा मात्र घर फर्किएका थिए । स्थानीय तहले बनाएको क्वारेन्टिनमा राखेको थियो । त्यही क्रममा रुघाखोकी, ज्वराका साथै स्वासप्रश्वासमा समस्या देखिएपछि असार २९ गते वीरगञ्जस्थित नारायणी अस्पतालको आईसीयूमा भर्ना गरेर उपचार गर्दा पनि बचाउन नसकिएको गौतमले बताए ।
ती युवाको ज्यान गएपछि मात्रै कोरोना परीक्षण रिपोर्ट आजै मात्रै आएको थियो । स्वास्थ्य गम्भीर भएपछि बुधबार नै भेन्टिलेटरमा सारिएको र दिउँसो २ः३० बजेतिर ज्यान गएको मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ३९ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा थप ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशलामा पाँच हजार ९० नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या १७ हजार १७७ पुगेको छ ।

प्रवक्ता गौतमका अनुसार सबैभन्दा धेरै सुर्खेतमा २८ संक्रमित भेटिएका छन् । त्यस्तै, सप्तरीका १३, नवलपुरका ११, म्याग्दीका ९, चितवनका ८, काठमाडौंका ७, धनुषाका ६, रौतहटका ५, कास्की, तनहुँ, सल्यान, दैलेखका ३–३ जना, जुम्ला, डडेलधुरा र सल्यानका २–२ जना तथा धनकुटा, ताप्लेजुङ, मोरङ, नुकाकोट, सिन्धुपाल्चोक धादिङ, पाल्पा, गोरखा, अछाम, जाजरकोट र मुगुका एकएक जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

  • फाइल फोटो
प्रतिकृया दिनुहोस्