News Portal

हङकङलाई दिएको विशेष सुविधा ट्रम्पले गरे खारेज, चीनमाथि प्रतिबन्ध लगाउने

डबली संवाददाता२०७७ असार ३१ गते
१६७ पटक

काठमाडौँ । अमेरिकाले हङकङलाई दिँदै आएको विशेष सुविधा खारेज गरेको छ । चीनले हस्तक्षेप बढाउँदै स्वतन्त्रता खुम्च्याएको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हङकङवासीलाई दिँदै आएको विशेष सुबिधा खारेज गरेका हुन् ।

चीनले हङकङको स्वतन्त्रता सीमित पार्न नयाँ सुरक्षा कानून ल्याएको भन्दै अमेरिकाले हङकङलाई दिईँदै आएको विशेष दर्जा अन्त्य गर्ने सम्बन्धी प्रस्तावमा ट्रम्पले हस्ताक्षर गरेका छन् । अमेरिकाले हङकङसँगको विशेष व्यापारिकसहितको सम्बन्ध पनि तोड्ने जनाइसकेको छ ।

ह्वाइट हाउसमा पत्रकारहरुसँग ट्रम्पले हङकङसँग पनि अब चीनसँग जस्तै व्यवहार हुने जानकारी बताउँदै विशेष सम्बन्धको दर्ता अन्त्य गरिएको बताए । ट्रम्पले हङकङको अधिकार सीमित गर्नुका साथै चीनमाथि थप प्रतिबन्ध लगाउने सम्बन्धी विधेयकमा पनि हस्ताक्षर गरेको जानकारी दिए ।

“अब कुनै विशेषाधिकार हुने छैन, कुनै विशेष आर्थिक व्यवहार रहने छैन र संवेदनशील प्रविधिको निर्यात पनि हुने छैन” ट्रम्पले भने । ब्रिटेनबाट स्वतन्त्रताका शर्तसहित हङकङ चीनलाई हस्तान्तरण गरिएको भएपनि पछिल्ला वर्षहरुमा चीनले हङकङको स्वतन्त्रता तथा स्वायत्तता कुण्ठित गर्दै गएपछि पश्चिमा देशहरु रुष्ट बनेका छन् ।

प्रतिकृया दिनुहोस्