News Portal

नेपाली सेनाले खरिद गरेको स्वास्थ्य सामाग्रीमा कमिसनको खेल ! लेखा समितिल थाल्यो छानविन

डबली संवाददाता२०७७ असार ३० गते
२४४ पटक

काठमाडौं । नेपाली सेनाले खरिद गरेको स्वास्थ्य सामाग्री खरिदमा अनियमितता भएको आशंक गरिएको छ । सेनाले बजार मूल्यभन्दा तीन गुणा महंगोमा स्वास्थ्य सामाग्री खरिद गरेर अनियमितता भएको भन्दै संसदको सार्वजनिक लेखा समितिले छानविन थालेको हो ।

विवादित ओम्नी समूहसँग भएको विवादास्पद सम्झौता रद्द गरेपछि सरकारले नेपाली सेनालाई दिएको थियो । मन्त्रिपरिषदले जीटुजीमार्फत स्वास्थ्य सामग्री खरिद गर्ने जिम्मा सेनालाई दिइएको थियो । तर, गुणस्तरहीन र निकै महंगोमा सेनाले सामाग्री ल्याएपछि अनियमितता भएको भन्दै चौतर्फी विरोध भइरहेको छ । त्यस्तै, सेनाले खरिद गरेका ३० हजार किट्स काम नलाग्ने भएको छ ।

लेखा समिति सभापति भरतकुमार शाहले पनि नेपाली सेनाले गरेको खरिद प्रक्रिया पनि समितिले हेर्ने बताएका छन् । समितिले खरिद प्रक्रियाबारे आवश्यक कागजात नेपाली सेनाबाट मगाएर अध्ययन थालेको छ । नेपाली सेनाले खरिद गरेको पीपीई, सर्जिकल मास्क र सु–कभरमा स्वास्थ्य सेवा विभाग र व्यवसायीहरुले खरिद गरेको भन्दा निकै महंगो छ । सेनाले चीनको सिनोफार्म समूहबाट स्वास्थ्य सामग्री खरिद गरेको थियो ।

ओम्नी समूहसँगको सेटिङ असफल भएपछि रक्षामन्त्री ईश्वार पोखरेलको पहलमा सेनाको जिम्मा दिएको र अनियमिततामा पनि संलग्नता विपक्षी नेपाली काँग्रेसलगायतका राजनीति पार्टीको नेताहरुले आरोप लगाउँदै आएका छन् ।

सरकारले नेपालमा कोरोना भित्रिएको तीन महिनापछि सामान खरिदको लागि ओम्नी समूहसँग सम्झौता गर्यो । स्वास्थ्य क्षेत्रमा काम नगर्ने उपप्रधान इश्वर पोखरेल र प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालका आफन्त संलग्न उक्त समूहलाई स्वास्थ्य सामाग्री खरिदको जिम्मा दिइएको थियो। स्वास्थ्य सामाग्री कुनै काम नगरेको उक्त समूहलाई राजनीतिक पावरकै कारण ठेक्का जिम्मा दिइयो । तर भनेकाे बेला सामान पनि नल्याउने र गुणस्तरहिन तर महंगो सामाग्री ल्याएको भन्दै चौर्फी भएको थियो ।

ओम्नीसँगको सम्झौता रद्द गरे नयाँ प्रक्रिया थाल्दै गर्दा सरकारले सेनालाई स्वास्थ्य सामाग्री ल्याउने जिम्मा दिएको थियो । सेनालाई विवादित काममा जोडेको भन्दै सरकारको आयोचना भइरहेको छ ।

प्रतिकृया दिनुहोस्