News Portal

मेलम्ची खानेपानीको सुरुङमा समस्या, हेर्न गएका इन्जिनियरसहित चार जना बगे, दुईजना हराए

डबली संवाददाता२०७७ असार ३० गते
११९ पटक

काठमाडौं । परीक्षण सुरु गरिएको मेलम्ची खानेपानी आयोजनाको सुरुङमा चारजना बगेका छन् । सुरुङमा समस्या देखिएपछि हेर्न गएका आयोजनाका एक इन्जिनियरसहित चारजनालाई पानीले बगाएको हो ।

सिन्धुपाल्चोक प्रहरीका अनुसार हेलम्बु गाउँपालिका–१ स्थित सुरुङमा छोडेको पानीले चारजनलाई बगाएको थियो । दुई जनाको जिबित्तै उद्दार गरिएपनि इन्जिनियर र चालक भने सुरुङमै हराएका छन् ।

उद्धार गरिएकाहरु पनि घाइते भएकोले थप उपचारको लागि काठमाडौँ ल्याउने तयारी भइरहेको छ । उनीहरुको अहिले मेलम्ची अस्पताल उपचार भइरहेको छ । लगिएको छ । उपचारको लागि काठमाडौं ल्याउन हेलिकोप्टरको तयारी भएको छ । त्यस्तै सु रुङमा देखिएको समस्या समाधनको लागि आयोजनाका कर्मचारीहरु लागि परेका छन् ।

गएको आइतबार बिहानबाट परीक्षणको लागि मेलम्ची खोलाको पानी आयोजनाको सुरुङ मार्गमा पथान्तर गरिएको थियो । सुरुङ मार्ग भरिन केही दिन लाग्ने र त्यसपछि सुरुङको अन्तिम परीक्षण गरिने जानकारी आयोजनाका प्रमुख तिरेश प्रसाद खत्रीले दिएका थिए । सुरुङमा पानी हालिसकिएकाले केही दिनमा नै २६ किलोमिटर लामो सुरुङ भरिने र त्यसपछि सुरुङ खाली गरी फेरि पानी हालेर उपत्यकामा पानी वितरण प्रक्रिया सुरु गर्ने तयारी भइरहेको छ । सुरुङमा पानी छोडेसँगै काठमाडौंबासी खुशी भएका छन् ।

प्रतिकृया दिनुहोस्