News Portal

बाढीपहिरो पीडितको उद्दार,राहत र सेवामा जुट्न कार्यकर्तालाई नेकपाको निर्देशन

डबली संवाददाता२०७७ असार ३० गते
१६२ पटक

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले बाढीपहिरो पीडितको उद्दार, राहत र सेवामा जुट्न देशभरका नेता कार्यकर्तालाई निर्देशन दिएको छ । विप्लव नेतृत्वको नेकपाका प्रवक्ता प्रकाण्डले विज्ञप्ति जारी गरेर प्राकृतिक प्रकोपमा परी अकालमा ज्यान गुमाएकाहरूप्रति पार्टीका तर्फबाट गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्र द्धाञ्जली, परिवारमा समवेदन र घाइतेको स्वास्थ्यलाभको कामना गरेका छन् ।

त्यसैगरी प्रकाण्डले बाढीपहिरोमा परी हराइरहेकाहरुको शीघ्र उद्दार तथा वास्तविक अवस्था सार्वजनिक गर्न, घाइतेहरूको निःशुल्क, उचित उपचारको व्यवस्था गर्न, मृतकका आफन्त एवम् पीडित जनतालाई पर्याप्त राहतको व्यवस्था गर्न र घरवारविहीन जनताको पुनर्बासको व्यवस्था गर्न सरकारसँग माग पनि गरेका छन् ।
“देश र नेपाली जनता कोरोना भाइरसको आक्रमण, आ तङ्क र बेथितिका विरुद्ध जीवन–मरणको सङ्घर्ष गरिरहेको बेला गत साताबाट सुरु भएको अभूतपूर्व वर्षाका कारण बाढी र डुबानले म्याग्दी, तनहुँ, गुल्मी, सिन्धुपाल्चोक, कास्की, जाजरकोट, कालिकोट, सङ्खुवासभा, चितवन र तराईका जिल्लाहरूलगायत देशभरि धनजन र भौतिक संरचनाको ठूलो सङ्ख्यामा क्षति हुन पुगेको छ । सर्वप्रथम प्राकृतिक प्रकोपमा परी अकालमा ज्यान गुमाउन पुगेका दर्जनौँ मृतकप्रति हाम्रो पार्टी गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । उहाँहरूका आफन्तजनहरूप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।”
दलाल संसदीय व्यवस्थाका जनविरोधी चरित्र, गैरजिम्मेवारीपना र अक्षमताका कारण अव्यवस्थित बस्ती र असुरक्षित आवासमा दैनिक गुजरा चलाउन जनता विवश भएको भन्दै नेता कार्यकर्तालाई पीडितको उद्दार, राहत र सेवामा जुट्न प्रवक्ता प्रकाण्डले निर्देशन दिएका छन् ।

चार महिनादेखि कोरोना भाइरसको रोकथाम र नियन्त्रणको लागि अवलम्बन गरिएको बन्दाबन्दीका कारण नेपाली अर्थतन्त्रको डरलाग्दो मार देशको उद्योग, व्यापार र व्यवसाय क्षेत्र संकटमा परेको भन्दै प्रवक्ता प्रकाण्डले सरकारले कर असुलीले व्यवसायीको चोटमा नुनचुक हालेको बताए ।

“विगत ४ महिनादेखि कोरोना ाइरसको महामारी र त्यसको रोकथामका निम्ति अवलम्बन गरिएको बन्दाबन्दी (लकडाउन) बाट सङ्कटग्रस्त बन्न पुगेको नेपाली अर्थतन्त्रको डरलाग्दो मार देशको उद्योग, व्यापार र व्यावसायिक क्षेत्रमा पर्न गएको छ । उत्तरसाम्राज्यवादी एवम् साम्राज्यवादी एकाधिकार पुँजीको चपेटा, दलाल पुँजीपति वर्गको षड्यन्त्रको निरन्तर सिकार बन्दै आएका राष्ट्रिय उद्यमी, व्यवसायी र व्यापारीहरू मृत्युको मुखमा पुग्न विवश त छँदै थिए, यो बेलामा सरकारले जारी गरेको ‘कर असुली फरमान’ र बैङ्कहरूले ब्याज असुल गर्न थोपरेको थप ‘ऋण प्रपञ्च’ राष्ट्रिय उद्यमी, व्यवसायी र व्यापारीहरूका निमित्त थप सङ्कटपूर्ण अवस्थाको कारण बन्न गएको छ । यो आपत्तिजनक र खेदजनक कार्यलाई सरकार र वित्तीय बैङ्कहरूले तत्काल स्थगित गरी बन्दाबन्दीको अवस्थामा सहुलियत ब्याजदर, व्यापार, व्यवसाय सुचारु भएर पुँजी परिचालित हुन थालेपछि कर र ब्याज बुझाउने व्यवस्था गर्न सरकार र वित्तीय बैङ्कहरूलाई पार्टी गम्भीर अपिल गर्दछ । अन्यथा कोरोना भाइरस र बन्दाबन्दीले थलापरेका राष्ट्रिय उद्योगी, व्यवसायी र व्यापारीहरूको घाउमा नुनचुक छर्ने सरकार र वित्तीय बैङ्कहरूको रबैया पार्टीले टुलुटुलु हेरेर बस्न नसक्ने कुरासमेत समयमै अवगत गराउँछ” विज्ञप्तिमा भनिएको छ ।

प्रतिकृया दिनुहोस्