News Portal

इरानद्वारा ट्रम्पविरुद्ध वारेन्ट जारी, इन्टरपोलले पनि रेड कर्नर नोटिस जारी गर्यो

डबली संवाददाता२०७७ असार १६ गते
३२६ पटक

काठमाडौँ । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गि रफ्तार गर्न वारेन्ट जारी गरेको छ । आफ्ना सैनिक जनरल मासिम सुलेमानीको बदला लिन इरानले ट्रम्पलाई गि रफ्तार गर्न वारेन्ट जारी गरेको हो ।

इरानको महान्यायाधिवक्ता अली अल कासिमेहरले ड्रोन हमलामा ट्रम्प दोषी रहेको बताए । उनले ट्रम्पसहित ३० जना सुलेमानीको ह त्यामा संलग्न रहेको बताए । महान्यायाधीवक्ता कासिमेहरले ट्रम्प राष्ट्रपति भएपनि ह त्यारा भएको बताए । उनले भने, “३ जनवरीमा भएको ड्रोन हमलामा राष्ट्रपति ट्रम्पसहित अरु ३० जना सहभागी थिए । यी सबै माथि ह त्या र आ तंक फैलाउने आरोप लागेको छ । इरान ट्रम्पलाई गि रफ्तार गर्ने पूरै कोशिसमा लाग्नेछ । ट्रम्प राष्ट्रपति किन नहुन् ।”

इरानले इन्टरपोलसँग सहगोग गर्न आग्रह समेत गरेको छ । यसरी बहालवाला राष्ट्रपतिलाई अर्को देशले वारेन्ट जारी गरेको सम्भवतः पहिलो घटना हो । कुनै पनि देश वा सरकारले निर्णय गर्दा प क्राउ गर्न सहयोग गर्दै आएको इन्टरपोलले कुनै प्रतिक्रिया दिएको छैन । तर, इरानले इन्टरपोलमार्फत ट्रम्पसहित बाँकी आरोपीविरुद्ध रेड कर्नर नोटिस जारी गरेको छ ।

अमेरिकाले मध्यपूर्वमा आफ्नो रणनीति फेल हुँदै गएपछि सुलेमानीलाई तारो बनाएको थियो । मध्यपूर्व मामलाका जानकारी सुलेमानीले इरानको नीतिअनुसार मध्यपूर्वी देशमा अमेरिकी उपस्थिति कमजोर बनाएका थिए ।

मध्यपूर्वका देशहरुलाई औपनिवेशिक बनाउने र त्यहाँको प्राकृति साधन स्रोतमाथि क ब्जा जमाउने अमेरिकी योजना असफल हुँदै गएपछि सुलेमानीको ह त्याको योजना बनाइएको थियो ।

सुलेमानीको ह त्यापछि इराकमै अमेरिकीका विरुद्ध प्रदर्शन भएका थिए । बगदादस्थित अमेरिकी दूतावासमा समेत ह मला भएका थिए । इरानले बदला लिने बताउँदै अमेरिकी सैन्य शिविरमा क्षेप्यास्त्र प्रहार गरेको थियो । त्यसको केही समयमै इरानी ह्याकरहरुले अमेरिकी कम्प्युटर प्रणालीमाथि ह मला गरेका थिए ।

इरानले ट्रम्पको मुखमा मुक्का हानेर रगत निस्केको फोटो बनाएर सरकारी संचारमाध्यममार्फत ब दला लिने चेतावनी दिएको थियो । यो फोटोको विश्वभर चर्चा भएको थियो । कोरोना संक्रमणको सुरुको चरणमा इरानमा तीब्र रुपमा फैलिएको थियो । त्यतिबेला ट्रम्पले सहयोग प्रस्ताव गरेका थिए । तर, इरानले अमेरिकी सहयोग अस्वीकार गर्दै अन्य देशहरुलाई पनि सहयोग लिन कोरोना संक्रमण थप फैलाउनु भएको भन्दै सचेत गराएको थियो ।

कोरोना महामारीका कारण अमेरिका र इरान विवाद केही मथ्थर भएको थियो । कोरोनासँग जितेपछि इरानले अब अमेरिकासँग जित्ने भन्दै वारेन्ट जारी गरेको छ ।

प्रतिकृया दिनुहोस्