News Portal

भेरी नदीमा फालिएका लासमाथि राजनीतिक गर्नेहरु होसियार

सरु सुनार२०७७ असार १४ गते
५१७ पटक

जेष्ठ १० गते इतिहासकै नर’संहारको रूपमा घटेको  नेपाली समाजको लाज मर्दो र दुःखदायी घटना जहाँ एउटा युवक र युवतीको चोखो प्रेमलाई जातरुपी पर्खाल लगाएर परिवार र समाजले अस्वीकार गरी ह’त्या गरेको घटनाको बर्णन गर्न कुनै शब्द छैन ।

न्यायको लागि ६५ लाख दलित समुदायले आन्दोलन नै गर्नुपर्ने बिडम्बना र नियती नै बनेको यो घटनालाई केही राजनीतिक तत्वले यो घटनालाई न्यायको पक्षमा भन्दाबढी राजनीतिक श्रेय, राजनीति आन्दोलन सत्तापक्ष र प्रतिपक्ष बनेर दुई धारको आन्दोलन गर्नु , कोही नेता, सांसद र केही मै हुँ भन्ने दलितका ठेकेदारहरु नबोल्नु , एजिओकरण र राजनीतिकरण गर्नु यो आफैंमा घिनलाग्दो र लाजलाग्दो बनेको छ ।

राजनीति पार्टी भन्दामाथि उठी सामाजिक अस्तित्वको ल’डाइँमा होमिन सक्ने कि नसक्ने ? यो प्रश्न पहिला आफैंलाई गरौ ? जुन पार्टीले एउटा समुदायको जातीय बिभेदको मुद्दालाई पार्टीको एजेन्डा बनाउन सक्दैन त्यही पार्टीमा दलितकै नामबाट राजनीति गर्न जरुरी के का लागि ? राजनीति पार्टीको एजेन्डाभन्दा आफ्नो समुदायको सामाजिक अस्तित्व ठूलो हो भनी होमिन सकिँदैन भने दलितका नामबाट राजनीति गर्न छो्डदा राम्रो होला ।

एउटा कुरा सबैको ध्यान जावोस् रुकुम हत्याकाण्ड कसैलाई राजनीति गर्न , सांसद , मन्त्री बन्न र बनाउन , कसैलाई कमाउन र हाइलाइट हुन घटेको घटना होइन । यस्ता घटनामा कसैले राजनीतिकरण गर्छ भने अब स्वतन्त्र युवाहरु उठिसकेका छन् जहाँ राजनीति पार्टीको दबाब, प्रभाव, रवाफ र लालचमा नफसी नितान्त न्यायको पक्षमा स्वतःस्फूर्त र स्वतन्त्र नागरिक युवाहरु देशभरीबाट उठेका छन् र उठ्ने छन् ।

केही तत्व रुकुम घटनालाई कमजोर बनाउने र आफ्ना स्वार्थ पूरा गर्ने योजनामा लागेको देखिरहेका छौं । राजनीति न्यायको पक्षमा गर्ने हो, न्यायको पक्षमा उभिन सक्नु पर्छ, जाजरकोटका ६ जना युवाको ला’समाथि राजनीतिको खोल ओढी आफ्ना स्वार्थ पूरा गर्नतिर नलाग, अब उठदै छन् युवाहरु । निरन्तर न्यायको ल’डाइँमा निस्पक्ष उभिने युवाहरु धेरै जन्मेका छन् । होम कोरोन्टाइनबाट हो जब केही दिनमा बाहिर निस्कन्छु बिचसडकबाटै नामसहित भन्नेछु ।

प्रतिकृया दिनुहोस्