News Portal

नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार नाघ्यो, शनिबार ५५४ जनामा संक्रमण पुष्टि

डबली संवाददाता२०७७ असार १३ गते
२४४ पटक

काठमाडौँ । नेपालमा कोरोना भाइरका संक्रमण फैलिरहेको छ । शनिबार थप ५ सय ५४ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

योसँगै नेपालमा संक्रमितको संख्या १२ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थप भएका संक्रमित पछि १२ हजार ३ सय ९ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीअनुसार थप एक जनाको ज्यान गएको छ । योसँगै ज्यान गुमाउनेको संख्या पनि २८ पुगेको छ । शनिबार विहान कैलालीका ५० वर्षीय पुरुषको ज्यान गएको छ । चितवनको भरतपुर अस्पतालमा उपचारको क्रममा उनको ज्यान गएको हो ।

निधन हुने कैलालीका ५० वर्षिय पुरुष हुन् । फोक्सोमा समस्या भएका उनमा कोरोना संक्रमण भएको विहीबार मात्रै पुष्टि भएको थियो ।
कोरोना संक्रमण पुष्टि भएसँगै साइसोलसनमा राखेर उपचार सुरु गरिएको थिो ।

योसँगै नेपालमा ज्यान गुमाउनको संख्या २८ पुगेको छ । कोरोना संक्रमित पुरुषको घर कैलालीको लालगढ नगरपालिका वडा नम्बर ७ गोदावरीका ५० वर्षीय उनी उपचारका शिलशिलामा भारत गएका थिए ।

क्यान्सरको उपचारका लागि भारत गएका उनी फर्किएर आउने क्रममा स्वास्थ्यमा समस्या देखिएपछि चितवन मेडिकल कलेजमा उपचारका लागि ल्याइएको थियो । तर, कोरोना संक्रमण पुष्टि भएपछि त्यहाँबाट चितवन जिल्ला स्पतालमा उपचार रिएको थियो ।

त्यसैगरी देशभरी ६५ हजार ७ सय १२ जना क्वारेन्टाइनमा रहेको र ९ हजार ४ सय ४७ जना आइसोलेसनमा रहेको पनि जानकारी गौतमले दिए ।

प्रतिकृया दिनुहोस्