News Portal

सलह कीरा भारत हुँदै पनि नेपालमा पुग्यो

डबली संवाददाता२०७७ असार १३ गते
४२३ पटक

काठमाडौं । कोरोनाले आक्रान्त बनाइरहेको बेला नेपालमा सलह कीराले प्रवेश गरेको छ । भारत हुँदै नेपाल प्रवेश गरेको सलह पहिलो पटक बारामा देखिएको हो । कृषि ज्ञान केन्द्र बाराका जितेन्द्र यादवका अनुसार सलह बाराको सीमरा, डुबरबाना र निजगढ क्षेत्रमा शनिबार देखा परेका हुन् ।

ठूलो समूहमा हुने सलह सानो समूहमा भएको यादवले बताए । उनका अनुसार कीरा ठूलो झुण्डमा भने देखिएको छैन भने यसबारे थप विवरण लिने काम भइरहेको छ । सलह नेपालमा प्रवेश गरेको खबरसँगै देशभरका किसान चिन्तित बनेका छन् ।

यसअघि कृषि मन्त्रालयको मातहतको समितिले सलह कीरा नेपाल प्रवेश नगर्ने निष्कर्ष निकालेको थियो । प्रतिवेदन सार्वजनिक भएसँगै किसानाहरु खुशी भएका थिए । त्यसको एक महिना नपुग्दै सलह कीरा भारतबाट नेपाल आइपुगेको छ । गरेको थियो । तर, यो निष्कर्ष निकालिएको एक महिना पनि नपुग्दै नेपालमा भारतबाट सहल प्रवेश गरेको हो ।

फट्याङ्ग्रा प्रजातिको एक कीरा सलहले अण्डाबाट निस्केपछि खान थाल्ने विज्ञहरुले बताएका छन् । वरिपरिका हरिया घाँसपासलाई पहिलो आहरा बनाउँछ । खाँदै अगाडि बढ्दै गर्दा विभिन्न क्षेत्र विचरण गर्छ । पाँच चरणमा आफ्नो काँचुली फेर्दै यो बयस्क बन्छ । जतिपटक काँचुली फेर्छ, त्यति ठूलो आकार लिन्छ ।

अहिलेको सहल पहिले भन्दा हाल देखिएको सहल विगत ७० वर्षअघि देखिएको भन्दा २० गुणा ठूलो आकारको रहेको बताइएको छ । यसले बिरुवाका पात, फल मात्र हैन, यसको हाँगा र बिरुवा नै सखाप पार्छ । सलहको हुलले एक दिनमा १ सय ५० किलोमिटरको दूरी पार गर्ने क्षमता राख्ने विज्ञहरु बताउँछन् ।

प्रतिकृया दिनुहोस्