News Portal

साउदीबाट एक बच्चासहित २४७ नेपाली काठमाडौँ पुगे, कुवेत र कतारबाट पनि आउँदै

डबली संवाददाता२०७७ असार ७ गते
२७४ पटक

काठमाडौं । कोरोनाका कारण साउदीमा अलपत्र परेको २ सय ४७ नेपाली काठमाडौँ आइपुगेका छन् । नेपाल एयरलाइन्सले साउदीको रियादबाट एक बच्चासहित उनीहरुलाई आइतबार विहान काठमाडौँ ल्याएको हो ।

साउदीस्थित नेपाली दूताबासमा ६ महिनादेखि बस्दै आएकी १२ जना महिला र बाँकी पुरुष रहेको बताइएको छ । उनिहरु वैदेशिक रोजगारीको क्रममा त्यहाँ साउदी पुगेका थिए ।

वैदेशिक रोजगारीको क्रममा साउदी पुगेकी एक महिलाले जन्माएको बच्चा पनि सँगै नेपाल आइपुगेका छन् । उनिहरुमध्ये केही कोरोना महामारी नआउनु भन्दा पहिलेदेखि अलपत्र परेका पनि रहेका छन् ।

त्यसैगरी आजै यूएई तीन उडानमार्फत नेपाली स्वदेश फर्किदैछन् । कुवेत सरकारले आममाफीमा सहभागी नेपाली पनि स्वदेश आजै काठमाडौँ आइपुग्ने बताइएको छ । कोरोनाका कारण कतार र मलेसियामा अलपत्र परेका नेपालीलाई आउँदैछन् ।

प्रतिकृया दिनुहोस्