News Portal

काठमाडौँ उपत्यकामा ८ महिलासहित थप ३३१ जनामा कोरोना, संक्रमितको संख्या ८ हजा ६०५ पुग्यो

डबली संवाददाता२०७७ असार ६ गते
१३६ पटक

काठमाडौं । काठमाडौं उपत्यकमा शनिबार थप ८ जना महिलासहित देशभर थप ३३१ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उनिहरुमा कोरोना पोजेटिभ देखिएको हो ।

स्वास्थ्य मन्त्रलायको नियमित प्रेस ब्रिफिङनमा उपत्यकासहित विभिन्न जिल्लाहरुमा शनिबार नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या संख्या ८ हजार ६ सय ५ पुगेको छ ।

स्वास्थ्य जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँ १ र भक्तपुरमा ७ जनासहित आज ४९ महिला र पुरुष दुई २८२ जना रहेका छन् । त्यस्तै कुल संक्रमितमध्ये महिला ७५६ र पुरुष ७ हजार ८४९ जना रहेको डा. गौतमले जानकारी दिए ।

त्यसैगरी थप १७६ जनाले कोरोनासँग जितेका छन् । उनीहरु पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालहरुमाबाट डिस्चार्ज भएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ४ सय १६ पीसीआर परिक्षण भएको छ । यो सँगै अहिलेसम्म कुल १ लाख ६९ हजार १ सय ६५ जनाको पीसीआर प्रविधिबाट परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट पछिल्लो २४ घण्टामा ४ हजार ४ सय २६ गरी आजसम्म कुल २ लाख ५२ हजार ३ सय परीक्षण भएको छ ।

मन्त्रालयका अनुसार शनिबार देशभर १ लाख २ हजार २ सय ४५ जना क्वारेन्टाइनमा रहेका छन् । त्यस्तै कुल ७ हजार ५ जना आइसोलेसनमा उपचाररत रहेका छन् । अहिलेसम्म कुल ७४ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।

प्रतिकृया दिनुहोस्