
काठमाडौँ । कोरोना भाइरसका कारण नेपालमा थप एकजनाको ज्यान गएको पुष्टि भएको छ । गुल्मीको छत्रकोट गाउँपालिका वडा नम्बर–५ मैनडाँडा निवासी ६९ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण ज्यान गएको पुष्टि भएको हो ।
जेठ २५ गते भारतबाट फर्केको ती पुरुष होम क्वारेन्टाइनमा बसेका थिए । बिहीबार उनको मृ.त्यु भएको थियो । कोरोनासँग मिल्ने लक्षण देखिएका कारण उनको स्वाब संकलन गरेर परीक्षण गरिएको थियो ।
जिल्ला स्वास्थ्य कार्यालय गुल्मीको सूचना अधिकारी पशुपति आचार्यका अनुसार प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा उनमा कोरोना पोजेटिभ रिपोर्ट आएको थियो ।
प्यारालाइसेसको बिरामी उनी भारतबाट फर्केपछि क्वारिन्टनमा बस्न नसक्ने भएकोे होम क्वारेन्टिनमा बसेका थिए । उनको छोरी ज्वाइँले हेरचाह गर्ने गरेका थिए । मृतक पुरुषको शव शुक्रबार नै नेपाली सेनाले व्यवस्थापन गरिसकेको छ । सरकारले औपचारिक रुपमा पुष्टि भने गरेको छैन ।
