News Portal

सरिता गिरीमाथि राज्य विरुद्धको कसुरमा अनुसन्धान सुरु, जन्मकैद सजाय हुन सक्ने

डबली संवाददाता२०७७ असार ६ गते
१६९ पटक

काठमाडौँ । सांसद सरिता गिरीलाई राज्य विरुद्धको कसुरमा कारवाहीको लागि जाहेरी परेको छ । शुक्रबार बेलुका महानगरीय प्रहरी परिसर टेकुमा जाहेरी दर्ता भएको हो ।

अधिवक्ता त्रय सन्तोष भण्डारी, सुजन नेपाल र नवराज पाण्डेले सांसद गिरीलाई राज्य विरुद्धको कसुरमा कारबाहीका लागि जाहरी दिएको हुन् । सांसद गिरीले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताविरुद्ध अभिव्यक्ति दिएको भन्दै कारबाहीका लागि माग गरिएको छ । गिरीमाथि मुलुकी अपराध अन्तरगत मुद्धा चलाउन जोहरीमा माग गरिएको छ । जाहेरी दर्ता भएसँगै अब प्रहरीले अदालतले अनुमति दिएपछि पक्राउ गर्नेछ ।

उक्त जाहेरीमा गरिएको दाबी पुष्टि भएमा ससंहिता, २०७४ ४९ को ५ (क) उपदफा (१) वा (२) बमोजिमको जन्मकैदका सजाय भोग्नुपर्ने छ । प्रहरीले उजुरीमाथि अनुसन्धान सुरु गरेको छ ।

सरकारले नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा जारी गर्ने भनेदेखि नै त्यसविरुद्ध बोल्दै आएकी सांसद गिरीले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि नभएको बताउँदै आएकी थिइन् । सरकारले नक्सा जारी गरेसँगै गिरीपछि भारतसँग नसोधेको भन्दै विरोध गर्दै आएकी थिइन् ।

सांसद गिरीले ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको नभई भारतको हो’ भन्दै विवादास्पद बयान दिदै आएकी थिइन् । सरकारले नक्सालाई निशान छापमा राख्न संविधान संशोधन विधेयक दर्ता गरायो, गिरीले त्यसलाई खारेजीको माग गर्दै पस्ताव दर्ता गराएकी थिइन् । तर उनको प्रस्तावलाई संसदले अस्वीकृत गरेको थियो ।

प्रतिकृया दिनुहोस्