News Portal

ट्रम्पको चुनावी विज्ञापन जुकरबर्गले फेसबुकबाट हटाए, चिनियाँ राष्ट्रपति सीसँग गुहार

डबली संवाददाता२०७७ असार ५ गते
१८४ पटक

काठमाडौँ । सामाजिक संजाल फेसबुकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावी विज्ञापन हटाएको छ । घृणा फैलाउन खोजेको भन्दै फेसबुकले चुनावी अभियानको उक्त विज्ञापन हटाएसँगै आक्रोसित भएका छन् ।

नाजी जर्मनीमा प्रयोग हुने संकेत प्रयोग गरेकाले उक्त विज्ञापन हटाएको फेसबुकले जनाएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार ट्रम्पको चुनावी अभियानको विज्ञापनमा प्रयोग भएको रातो त्रिकोण नाजीले कम्युनिष्टसहितका आफ्ना विपक्षीलाई इंगिद गर्न प्रयोग गर्ने संकेतसँग मिलेको फेसबुकले जनाएको छ ।

ट्रम्पको चुनावी अभियानले फार लेफ्ट एक्टिभिस्ट ग्रुप एनटिफालाई संकेत गर्न सो त्रिकोण प्रयोग गरेको दाबी गरेको छ । तर, फेसबुकले भने उक्त विज्ञापनले संस्थागत रुपमै घृणा फैलाउन खोजेको बताउँदै आफ्नो नीतिविरुद्ध भएको बताएको छ । ट्रम्पको विज्ञापन हटाउने निर्णय फेसबुकमा मालिक तथा सिइयो मार्क जुकरबर्गले गरेको बताइएको छ ।

कोरोना संकटबीच चुनावी अभियान सुरु गरेको ट्रम्पले आगामी राष्ट्रपतीय चुनावमा जित सुनिश्चित गर्न चिनियाँ राष्ट्रपति सी चिनफिङको सहयोग मागेको खुलासा भएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार अमेरिकाका पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले आफ्नो पुस्तकमा यस्तो दाबी गरेका छन् ।

बोल्टनको नयाँ प्रकाशित पुस्तकमा अमेरिकी किसानद्वारा उत्पादित कृषिउपज चीनले किनोस् भन्ने ट्रम्पले चाहेको समेत उल्लेख गरेका छन् ।
प्रकाशित हुन लागेको पुस्तकमा बोल्टनले राष्ट्रपति कार्यालय सञ्चालन कसरी गर्ने भन्नेबारे ट्रम्पलाई कुनै जानकारी नभएको जनाएका छन् । ट्रम्प प्रशासनले उक्त पुस्तकको प्रकाशन रोक्न चाहेको छ । अमेरिकी न्याय मन्त्रालयका अनुसार पुस्तकमा ‘गोप्य सूचना’ समावेश गरिएको छ ।
यता राष्ट्रपति ट्रम्पले आफूलाई खराब सावित गर्न ‘झूट तथा बनाइएका कथाहरूको संकलन’ गरेका दाबी गरे । गत जनवरीमा ह्वाइटहाउसले उक्त पुस्तकमा ‘एकदमै गोप्य’ विवरणहरू समावेश गरिएको भन्दै हटाउनुपर्ने बताएको थियो । तर बोल्टनले त्यसलाई अस्वीकार गरेका थिए । पुस्तक बजार आउने नै भएपछि ट्रम्प आरोप लगाएको बताइएको छ ।

चुनाव जित्न भित्रभित्र चिनियाँ राष्ट्रपतिसँग गुहार मागेको सार्वजनिक भएपछि त्यसलाई विषायन्तर गर्न ट्रम्पल व्यापारी सम्बन्ध तोड्न चेतावनी दिएको बताइएको छ ।

प्रतिकृया दिनुहोस्