News Portal

कोरोनाका कारण कैलालीका दुई जनाको ज्यान गयो

डबली संवाददाता२०७७ असार ४ गते
२१८ पटक

धनगढी । कैलालीका दुई जनाका कारण मृत्यु भएको पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचार गराईरहेका एक पुरुष र नेपालगञ्ज मेडिकल कलेजमा एक महिलाको कोरोनाका कारण ज्यान गएको हो ।

कोरोना पुष्टि भएर सेती प्रादेशिक उपचार गराइरहेका गोदावरी नगरपालिका ४ का ४६ वर्षिया पुरुषले कोरोनासँग हारेका छन् । शनिबार कोरोना संक्रमण भएको पुष्टि भएको थियो । उनको शवको व्यवस्थापन नेपाली सेनाले गर्दैछ । शनिबार संक्रमण पुष्टि भएका कैलालीको गोदावरी नगरपालिका वडा नम्वर ४ का पुरूषको उपचारको क्रममा मृ.त्यु भएको हो ।

त्यसैगरी कैलालीकै लम्की चुहा नगरपालिकाकी एक महिलाको मृ.त्यु पछि कोरोना संक्रमण भएको पुष्टि भएको छ । नेपालगंज मेडिकल कलेजमा उपचारको क्रममा उनको मृ.त्यु भएको हो ।

योसँगै सुदुरपश्चिममा कोरोनाका कारण चार जनाले ज्यान गुमाएका छन् । यसअघि कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ की ५५ वर्षीया महिला र बाजुराको बूढीगंगा नगरपालिकाको दुई वर्षिया बालिकको कोरोना कारण ज्यान गएको थियो ।

त्यसैगरी अर्घाखाँचीको एक क्ववारेन्टाइनमा आत्महत्या गरेका व्यक्तिमा कोरोना रिपोर्ट पोजेटिभ देखिएको छ ।

शीतगङ्गा नगरपालिकाका ४५ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । उनी शीतगङ्गा –५ जुकेना गल्दाको हरि माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेका थिए ।

जेठ १० गते भारतबाट घर फर्किएका उनको आरडिटी रिपोर्ट पोजेटिभ आएपछि पिसिआर परीक्षणका लागि जेठ २४ गते स्वाब सङ्कलन भएको थियो ।

प्रतिकृया दिनुहोस्