News Portal

प्रधानसेनापति थापा र सशस्त्रका आईजीपी खनाल कालापानी क्षेत्रमा

डबली संवाददाता२०७७ असार ३ गते
५३१ पटक

काठमाडौँ । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनाल बुधबार कालापनी क्षेत्र गएका छन् ।

भारतले लिपुलेक–कालापानी क्षेत्र नेपाली भूमि अतिक्रमण गरेको सडक निर्माण भएको सार्वजनिक भएपछि पहिलो पटक प्रधानसेनापति थापा सो क्षेत्रको अवलोकन गर्न गएका हुन् ।

कालापानी नजिकै सेनाले खडा गरेको अस्थायी क्याम्प र सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) को समेत निरीक्षण गर्न बुधबार थापा र खनाल काठमाडौँबाट दार्चुला पुगेका छन् ।

भारतले सडक निर्माण गरेको सार्वजनिक भएसँगै सेनालाई कालापानी पठाउन चौतर्फी दवाव सिर्जन भइरहेको छ । बैशाख ३१ गते सशस्त्रको बिओपीको राखिएको थियो । अहिले सीमा सुरक्षामा सक्रियता अपनाउँदै सशस्त्र प्रहरी बलले कालापानी क्षेत्रमा नियमित गस्ती गरिरहेको छ ।

दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छाङ्रु सीमा निगरानी चौकी (बिओपी) सञ्चालनमा ल्याइएपछि सुरक्षाकर्मीले कालापानीको सेतो पुलसम्म गस्ती गर्न थालेका छन् । उक्त बिओपीमा सशस्त्र प्रहरी निरीक्षक लिलिबहादुर चन्दको कमाण्डमा २५ प्रहरी खटिएका छन् ।

चिनियाँ सेनाले लद्दाखमा भारतीय सेनाका २० जनाको मारेको बेला नेपाली सेनाका प्रधानसेनापति र सशस्त्रका प्रमुख कालापनी क्षेत्र जानुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

चीनले उचालेर कालापानी क्षेत्रमा सुरुक्षाकर्मी राखेको र नक्सा सार्वनिक गरेको आरोप लगाउँदै आएका छन् । लद्दाखमा भएको आ.क्रमणलाई पनि नेपाललाई जोडेर भारतीय मिडियाले प्रचार गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस्