News Portal

कोरोना नियन्त्रण गर्न उपप्रधानमन्त्री ईश्वर पोखरेल असफल, उच्चस्तरीय समिति खारेज

डबली संवाददाता२०७७ असार २ गते
३५२ पटक

काठमाडौं । रोरोना रोकथाम, नियन्त्रण तथा उपचारलाई प्रभावकारी बनाउने कुरामा उपप्रधानमन्त्री ईश्वर पोखरेल असक्षम भएका छन् । उनी संयोजक रहेको कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धी उच्चस्तरीय समन्वय समिति खारेज भएको छ ।

सुरुदेखि निकै सुस्त गतिमा काम अगाडि बढाएको समिति कोरोना नियन्त्रण गर्न असक्षम भएको भन्दै विरोध सुरु भएको थियो । यसविषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि पटकपटक असन्तुष्टि जाहेर गर्दै आएका थिए ।

कोरोना रोकथाम, नियन्त्रण र उपचार तथा उद्दारलाई प्रभावकारी बनाउन नसकेपछि समिति खारेज भएको हो । अब उक्त कार्य कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर सीसीएमसीलाई दिने सरकारले निर्णय गरेको छ ।

फागुनमा पोखरेलको संयोजकत्वमा गृह, अर्थ, परराष्ट्र, स्वास्थ्य, पर्यटन, वाणिज्य,कृषि, शिक्षामन्त्री सदस्य रहेको उच्चस्तरीय समिति गठन भएको थियो ।

कोरोनासँग सम्बन्धित अधिकांश काम सुरुमा उच्चस्तरीय समिति र पछिल्लो पटक सी.सी एम.सी मार्फत हुँदै आएको छ । सी.सी.एम.सीको कार्यालय नेपाली सेनाको छाउनीस्थित महावीर गणमा लगेर राखिएको छ ।

समिति र सीसीएमसी बीचमै अलपत्र परेकाहरुको उद्दार, लकडाउन खुकुलो बनाउने र स्वास्थ्य संकटकाल घोषणा गर्नेलगायका विषयमा विवाद उत्पन्न भएको थियो । स्वास्थ्य मन्त्रालयले कोरोनाका सक्रिय केस २ हजार नाघेपछि स्वास्थ्य संकटकाल घोषणा गर्न गरेको सिफारिसलाई सीसीएमसीले अस्वीकार गरेको थियो ।

प्रतिकृया दिनुहोस्