News Portal

कोरियाली प्रयाद्वीपमा तनावः दक्षिणविरुद्ध कारवाही थाल्न उत्तर कोरियाले दियो सेनालाई आदेश

डबली संवाददाता२०७७ असार १ गते
२०४ पटक

काठमाडौँ । विश्व कोरोना महामारीसँग जुधिरहेको बेला फेरि कोरिया प्रायद्विीपमा तनाव उत्पन्न भएको छ । केही समय शान्त रहेको कोरियाद्वीपमा फेरि अशान्त हुने देखिएको छ ।

उत्तर कोरियाले दक्षिणविरुद्ध कारवाही थाल्न सेनालाई आदेश दिएको छ । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनकी बहिनी किम जो जोङले दक्षिण कोरियालाई शत्रु भएको बताउँदै अर्को कडा कारवाही गर्न सक्ने भन्दै तयारीमा रहन आदेश दिइको छ ।

उत्तर कोरियाली सरकारी संचारमाध्यमहरुका अनुसार विरोध गरेर जोङले विज्ञप्ति निकालेर दक्षिणविरुद्ध विज्ञप्ति निकाल्दै विरोध जनाउनु भन्दा अब श्रृंखलावद्ध रुपमा बदला लिनु उपयुक्त भएको बताएकी छन् ।

दक्षिणको व्यवहारप्रति उनले आपत्ति जनाउँदै नेतृ जोङले दक्षिण कोरियालाई फोहोर डस्टबिन फाल्नु पर्ने बताइन् । “फोहोर डस्टबिनमा फालिनैपर्छ, सर्वोच्च नेता, हाम्रो पार्टी र राज्यको तर्फबाट मैले पाएको अधिकार प्रयोग गर्दै मैले सेनालाई शत्रुविरुद्ध अर्को कारवाही गर्न निर्देशन दिएको छु” उनले भनिन् ।

केही समय यता दक्षिण कोरियाले उत्तरबाट भागेर गएका व्यक्तिहरुलाई सीमा क्षेत्रमा विरोधमा उतारेको छ । त्यसको उत्तरले कडा विरेध गरेको छ । यो क्रम नरोकिएपछि उत्तर कोरियाले आक्रोसित भएको छ ।

उत्तर कोरियाले उत्तराधिकारीको रुपमा नेतृ यो जोङलाई अगाडि सारेपछि त्यसविरुद्ध दक्षिणले पर्चा वितरण गरेको थियो । भागेर गएकाहरुलाई प्रयोग गरेर दक्षिणले यो विरुद्ध भ्रम फैलाउन थालेपछि उत्तरको कडा चेतावनी दिएको छ ।

यस्ता गतिविधि जारी रहेपछि उत्तर कोरियाले दक्षिणसँगका सबै सम्बन्ध विच्छेद गरिसकेको छ । यसको विरोध अमेरिकाले गरेपछि दक्षिण योजनाबद्ध रुपमा उत्तरविरुद्ध लागेको आशंका गर्न सकिने कुरा हो । अमेरिकाले संचार सम्पर्क विच्छेदपछि अमेरिकाले आपत्ति जनाएको थियो । तर, उत्तरले अमेरिकालाई आन्तरिक मामलामा नबोल्न चेतावनी लिएको थियो । उसले अमेरिकाको आगामी राष्ट्रपतिय चुनावलाई बिथोल्ने चेतावनी दिएको थियो ।

दक्षिण कोरयामा मून जे इन राष्ट्रपति भएसँगै सुधार भएको सम्बन्ध फेरि एकाएक युद्धको अवस्थामा पुगेको छ । मूनको संयोजनमा अमेरिकासँग दुई चरणको वार्ता समेत भएको थियो ।

प्रतिकृया दिनुहोस्