News Portal

एमसीसीको विरोध गर्दा अखिल क्रान्तिकारीका काठमाडौँ अध्यक्ष विष्ट गिरफ्तार

डबली संवाददाता२०७७ असार १ गते
२३८ पटक

काठमाडौँ । अखिल क्रान्तिकारीका काठमाडौँ अध्यक्ष गोविन्द विष्टलाई प्रहरीले गिरफ्तार गरेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारीका अध्यक्ष विष्टलाई सोमबार दिउँसो काठमाडौँको क्षेत्रपाटी क्षेत्रबाट प्रहरीले गिरफ्तार गरेको हो ।

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को विरुद्ध संगठनले आयोजना गरेको विरोध कार्यक्रममा सहभागी हुन जाँदै गर्दा विष्टलाई गिरफ्तार गरेको संगठनका उपत्यका क्षेत्रीय समन्वय समिति संयोजक हर्कबहादुर बिकले बताए ।

प्रहरीले हस्तक्षेप गरेर कार्यक्रम हुन विरोध प्रदर्शन गर्न समेत दिइएन । यसअघि विष्टलाई नेपाली भूमि समेटेर भारतले नक्सा सार्वजनिक गरेको विरोध आयोजना गरिएको विरोधको क्रममा बबरमहलबाट प्रहरीले गिरफ्तार गरेको थियो ।

एमसीसी नेपालको हितमा नभएको भन्दै अखिल क्रान्तिकारीले विरोधका कार्यक्रम  गर्दै आएको छ । दिनदिनै माइतीघरमा एमसीसी खारेजीको माग गर्दै विरोधका कार्यक्रम जारी छन् ।

प्रतिकृया दिनुहोस्