
काठमाडौँ । कोरोना रोकथाम तथा नियन्त्रणको लागि भन्दै सरकारले लकडाउन जारी गरेको ८४ औं दिनमा सरकारी र गैरसरकारी कार्यालय खुला हुन लागेका छन् । सरकारले आजबाट सरकारी र गैरसकारी सबै कार्यालय खुला गर्ने निर्णय गरेसँगै आजबाट नियमित रुपमा कार्यालय संचालन हुन लागेका हुन् ।
सरकारले कोरोना नेपाल नभित्रिँदै कडा रुपमा लकडाउन गर्यो तर दैनिक ४ सयभन्दा बढीको संक्रमण पुष्टि भइरहँदा लकडाउन खुकुलो बनाएको छ । यो खुकुलो वा खुला हो केही अन्यौल भएको छ ।
सोमबार रातिबाट लकडाउनका समय सकिएपनि त्यसबारे सरकारले कुनै निर्णय गरेको छैन । मानिसहरुको बुझाई लकडाउन जारी गरेको छ तर सरकारले खुलाएको हो वा खुकुलो बनाएको हो भन्नेबारे केही बताएको छैन । सयौंको संख्या
आजबाट सबै कार्यालय खुला गरेपनि सार्वजनिक सवारी साधन नचल्दा सेवाग्राही र तल्लो तहका कर्मचारी काममा फर्किन नसक्ने भएका छन् ।
नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको छ । आइतबार ४ सय २५ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको छ । त्यसैगरी हालसम्म ९ सय ७४ जना डिस्चार्ज भएका छन् । आइतबार ६ जना डिस्चार्ज भएका छन् ।
नियमित पत्रकार सम्मेलन मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमण ७३ जिल्लामा पुगेको बताए ।
यस्तै बितेको २४ घण्टामा ६१ जना डिस्चार्ज भएका छन् । जसमा ६ जना महिला र ५५ जना पुरुष रहेका छन् । योसहित नेपालमा कोरोना निको हुनेको कूल संख्या ९७४ पुगेको छ । निको भएर घर फर्किनेमध्ये पुरुष ८७७ जना र महिला ९७ जना रहेको गौतमले जानकारी दिए ।
यसैगरी कोरोनाबाट गुल्मीका ३६ वर्षीय युवाको मृत्यु भएपछि मृतकको संख्या कूल १९ पुगेको पनि मन्त्रालयले जनाएको छ ।
