News Portal

जनता सामाजवादी पार्टी पनि लिम्पियाधुरा, लिपुलेक–कालापानीको पक्षमा, सरिताले जिल खाइन

डबली संवाददाता२०७७ जेठ ३० गते
४९७ पटक

काठमाडौं । जनता समाजवादी पार्टीले लिम्पियाधुरा, लिपुलेक–कालापनीको पक्षमा उभिएको छ । संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको पदाधिकारी बैठकले संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको हो । नयाँ नक्सासहितको निशान छापाको लागि संविधान अनुसूची संशोधनको लागि सरकारले संविधान संशोधनको प्रस्ताव दर्ता गराएको छ ।

प्रतिनिधि सभामा भएको सैद्धान्तिक छलफलमा सर्वसम्मत भएको थियो । यो निर्णयसँगै समाजवादी पार्टीले समाजवादी पार्टीले संविधान संशोधनको विषयमा सदस्यहरूलाई ह्विप समेत जारी गर्ने जनाईएको छ । त्यसबारे शनिबार दिउँसो ११ बैठक बेलाइएको प्रमुख सचेतक उमाशंकर अरगरियाले जनाए ।

संसोधनको बिपक्षमा उभिएकी सांसद सरिता गिरीलाई पार्टीको ह्वीप मान्न आग्रह गर्ने अरगरियाले बताए । यसअघि गिरीले संविधान संशोधन विधेयक खारेजीको लागि माग गर्द संशोधन दर्ता गराएकी थिइन् । त्यसलगत्तै प्रमुख सचेतक अरगरियाले विज्ञप्ति जारी गरेर प्रस्ताव फिर्ता लिन निर्देशन दिएको थियो । फिर्ता नदिए कारवाही गर्ने चेतावनीको बेवास्ता गर्दै गिरीले प्रस्ताव फिर्ता नलिने बताएका छन् ।

एकता पछि भनेको पार्टीले औपचारिक रुपमै संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय नगर्न नेतृ गिरीले पार्टीभित्र चलखेल गरेकी थिइन् । तर असफल भएपछि जिल खाएकी छन् ।

प्रतिकृया दिनुहोस्