News Portal

जबरजस्त नेपाल प्रवेश गर्न खोज्ने भारतीयलाई प्रहरीले गोली ठोक्यो, एकजनाको घटनास्थलमै मृत्यु

डबली संवाददाता२०७७ जेठ ३० गते
११९६ पटक

काठमाडौँ । जबरजस्त नेपाल प्रवेश गर्न खोज्दा प्रहरीले गोली लागे एकजना भारतीय नागरिकको मृत्यु भएको छ । सर्लाहीस्थित नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरीमाथि आक्रमण गरी नेपाल प्रवेश गर्न खोज्दा झडप उत्पन्न भएको थियो । प्रहरीको हतियार खोस्ने प्रयास गरेपछि प्रहरीले गोली चलाएको थियो ।

सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी प्रवीणकुमार श्रेष्ठका अनुसार मृत्यु हुने भारतीयको पहिचान खुलेको छैन । झडपको क्रममा भारतीय पक्षका दुई जना र सशस्त्र प्रहरीका तीन जना घाइते भएको श्रेष्ठले बताए ।

प्रहरीको हतियार खोस्न खोज्ने अर्का एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । उनी भारत सितामढी, लालबन्दीका ४५ वर्षीय लगन राम रहेको प्रहरीले बताएको छ ।

भारतीय २०–२५ जनाको टोली जबरजस्ती नेपाल प्रवेश गर्न खोजेका थिए । उनीहरु संग्रामपुरस्थित बोर्डर आउट पोष्ट (बीओपी) बाट खटिएको शसस्त्र प्रहरीकमाथि जाइलागेका थिए । प्रहरीले १० राउण्ड हवाई फायर पनि गरेको थियो ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले भारतबाट तस्करी गर्न आएका मानिससँग सीमा क्षेत्रमा सशस्त्र प्रहरीको झडप भएको संचारमाध्यमहरुलाई जानकारी दिएका छन् । घटनामा घाइते भएका केही भारतीयहरु भारततिरै भागेका छन् ।

फाइल फोटो

प्रतिकृया दिनुहोस्