News Portal

सरकारविरुद्ध हजारौं नागरिकको सडकमाः नारा- कमिसन खोर सरकार चाहिँदैन

डबली संवाददाता२०७७ जेठ २९ गते
२४९ पटक

काठमाडौं । जारी लकडाउनबीच सरकारविरुद्ध देशका विभिन्न नागरिकहरु सडकमा निस्केका छन् । विहीबार विहानैबाट प्रधानमन्त्री निवास बालुवाटारसहित सरकारविरुद्ध नाराबाजी भइरहेको छ ।

कोरोना नियन्त्रण तथा औषधि उपकरण खरिदमा भएको खर्च पारदर्शी हुनुपर्ने, आरडीटी परीक्षण रोक्नुपर्ने, थोपरिएको कर खारेज, गर्नुपर्नेलगायतका माग राखेर सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् ।

जारी लकडाउन पछि पहिलो पटक हजारौं मानिसहरुले सरकारविरुद्ध नाराबाजी गरेका छन् । आइतबार विहानैदेखि बालुवाटार, पोखर, विराटनगरमा नागरिकले सरकारविरुद्ध नाराबाजी गरेका थिए । उनीहरुले स्वास्थ्य सामाग्रीमा भ्रष्टाचार गरेको भन्दै सरकारविरुद्ध नाराबाजी गरेका छन् । प्रधानमन्त्री ओलीले झुट बोलिरहेको बताउँदै उनीहरुले राजिनामा समेत माग गरे ।

प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख श्याम ज्ञवालीले केही व्यक्तिहरुलाई नियन्त्रणमा लिएको बताएका छन् ।

त्यसैगरी पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी भएको छ । पोखराको राष्ट्र बैंक चोकमा भेला भएर युवाहरुले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए । प्रधानमन्त्री ओलीका कारण जनताले दुःख पाइरहेको र कोरोना संक्रमण फैलिरहेको भन्दै युवाहरुले ‘कि जाग र कि भाग’ भन्दै युवाहरुले नाराबाजी गरेका थिए ।

सामाजिक दूरी कायम गरेर विरोधमा गरिएको तर प्रहरीले हस्तक्षेप गरेपछि भिडभाड भएको थियो ।

प्रतिकृया दिनुहोस्