News Portal

लकडाउनको ८० औं दिनः सबै पसलहरु र सवारी साधान खुले, विद्यालय-सिनेमा हल नखुल्ने

डबली संवाददाता२०७७ जेठ २९ गते
२१५ पटक

काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रणको लागि जारी लकडाउनको ८० औं दिन । सरकारले लडाउनको मोडालिटी परिवर्तन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको मोडालिटी परिवर्तन गर्दै खुकुलो बनाउने निर्णय गरेको छ ।

सरकारले विद्यालय, सिनेमा हल तत्काल नखोल्ने तर उद्योग, कृषि, व्यापार खोल्ने निर्णय गरेको छ । लकडाउनबारे गरेको नयाँ निर्णय आज पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने सरकारले तयारी गरेको छ ।

एक मन्त्रीका अनुसार यस वर्ष एसईई को परीक्षा समेत नलिइने सरकारले निर्णय गरेको छ । सार्वजनिक यातायात बाहेक नीजि र ट्याक्सीहरु पनि खुल्ने सरकारले निर्णय गरेको छ । तर, जोर बिजोरमा चलाउन पाइनेछ ।

लकडाउनका मोडालिटी परिवर्तनबारे सरकारले तयार गरेको निर्देशिका आज सार्वजनिक हुँदैछ । कोभिड–१९ सम्बन्ध्ी उच्चस्तरीय समन्वय समितिले तयार गरेको लकडाउन खुकुलो पार्ने प्रस्ताव मन्त्रिपरिषद् बैठकमा छलफल भएको थियो ।

पसलहरु खोल्ने नदिएपछि काठमाडौँको व्यापारीहरुले प्रतिवाद गर्ने चेतावनी दिएका थिए । लकडाउनका मोडालिटी परिवर्तन गर्न सरकारलाई चौतर्फी दवाव सिर्जना भएको थियो । सरकारले निकै खुकुलो बनाएको छ । यसलाई आधा लकडाउन खुलेको भन्न मिल्ने बताइएको छ ।

प्रतिकृया दिनुहोस्