News Portal

नेपालमा कोरोना संक्रमितको संख्या ४३६४ पुग्यो, बुधबार थपिए २७९ जना

डबली संवाददाता२०७७ जेठ २८ गते
१६९ पटक

काठमाडौँ । नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या ४ हजार ३ सय ६४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २७९ जनामा कोरोना संक्रमण भएको पुष्टि भएसँगै यो संख्या पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीअनुसार २५७ जना पुरुष र २२ जना महिलामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । त्यसैगरी थप ९० जना निको भएर घर फर्केका छन् । योसँगै निको हुनेको संख्या ६ सय ७४ पुगेको छ ।
८ जेठ, राैतहट । रौतहटमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कर्णालीमा कोरोना संक्रमितको संख्या ७ सय नाघेको छ । बुधबार थप ३७ जनामा संक्रमित भएको पुष्टि भएसँगै यो संख्या पुगेको हो । सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण केन्द्रको प्रयोगशालमा भएको परीक्षणबाट थप ३७ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बताए ।

नयाँ संक्रमितहरुमा दैलेखको डुङ्गेश्वर गाउँपालिका वडा नं. १, २, ३, ४ र ५ का २३ जना पुरुष र २ जना महिला रहेका छन् । सुर्खेतको बराहाताल गाउँपालिका -४, का एकजना पुरुष, गुर्भाकोट नगरपालिका-१२ का दुईजना महिला १४ नम्बरका चारजना पुरुष र एकजना महिला रहेका छन् । सिम्ता गाउँपालिका ३ का एक पुरुष रहेका छन् ।

जाजरकोट छेडागाड नगरपालिका–१२ का दुईजना पुरुष, शिवालय गाउँपालिका-१, का एकजना पुरुष रहेका छन् । योसँगै कर्णालीमा बुधबारसम्म संक्रमितको संख्या ७०८ पुगेको छ ।

यसअघि रौतहटमा मात्रै थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताएका थिए । संक्रमित हुनेमा गौरका २३, इशनाथका १४, राजपुरका १४ र कटहरियाका २ जना छन् ।

प्रतिकृया दिनुहोस्