News Portal

नेपाली र भोजपूरी दुबै भाषामा बन्ने चलचित्रको छायाँङ्कन सुरु हुदै

डबली संवाददाता२०७७ जेठ २६ गते
८०३ पटक

काठमाडौं । नेपाली तथा भाोजपुरी कथानक चलचित्र ‘उद्देश्य’ अब छिट्टै फ्लोर मा जाने भएका छ । सेवा फिल्म्सद्वारा निर्मित उक्त चलचित्र मा भोजपुरी तथा नेपाली कलाकारहरुले अभिनय गर्दैछन् । चलचित्र लाई वीर मास्टरले निर्देशन गर्दैछन भने सम्पूर्न लेखन कार्य मन्दीप राना मगरले गरेका हुन। चलचित्रलाई श्रीयन्त्र,पुष्कर झा,वीर जि ले निर्माण गर्दैछ्न । एक्सनले भरपुर्ण रहने चलचीत्रमा बीर मास्टरको द्वन्द रहेछ। नृत्य भने मन्दीप रानाको रहने छ । कलाकारहरुःअर्जिता,अभिनयसिङ,टेकराज शर्मा,सोनिका लामा,अजय माझि,मिलन लामा वीर जि आदिले अभिनय गर्ने भएका छन्।

 

नायक नायिकामा अभिनय सिंह र अर्जिता थापाको दमदार प्रस्तुती रहने निर्माणपक्षले जनाएको छ । दुबै पछिल्लो पुस्ताका राम्रा कलाकार हुन् । यस्तै, चलचित्रमा कलाकार टेकराज शर्माको भूमिकालाई महत्वका साथ हेरिएको छ । कालकार शर्मालाई खलनायक रोलका लागि आशालाग्दा कलाकारको रुपमा हेरिएको छ । उनी नेपालमा पृथक लुक भएका कलाकार मानिन्छन् । शर्माले यसपछी विभिन्न भारतीय चलचित्रमा अभिनाय गर्न लागेको जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्