News Portal

लकडाउनको ७७ औं दिनः कोरोनाबाट नेपालमा १४ औं व्यक्तिको मृत्यु

डबली संवाददाता२०७७ जेठ २६ गते
३५३ पटक

काठमाडौँ । कोरोना रोकथाम तथा नियन्त्रणको लागि जारी लकडाउनको आज ७७ औं दिन । नेपालमा कोरोना भाइरसको संक्रमणबाट १४ औं व्यक्तिको मृत्यु भएको छ । स्याङ्जाका एक जनाको कोरोनाबाट पोखरामा मृत्यु भएको पुष्टि भएसँगै यो संख्या पुगेको हो ।

स्वास्थ्य निर्देशनालय गण्डकीले संचारकर्मीहरुलाई दिएको जानकारअनुसार स्याङजाको वालिङ नगरपालिकाका ६० वर्षीय कोरोना संक्रमित पुरुषको पोखरामा मृत्यु भएको हो । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुने पहिलो व्यक्ति पनि हुन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत ती पुरुषको हिजो मात्रै कोरोना संक्रमण भएको पुष्टि भएको थियो । उनी जेठ २३ गते अस्पतालमा भर्ना भएका थिए । कोरोना संक्रमण पुष्टि भएपछि उनलाई आइसोलेसनमा राखिएको थियो ।

मृतक पुरुष २२ गते गते सुनौली नाकाबाट स्याङ्जा आएका थिए । उनलाई वालिङ नगरपालिकाले उद्दार गरेको थियो । उद्दारपछि स्याङ्जाबाट छोरीको सम्पर्कमा पोखरा गएको बेला बिरामी भएपछि पोखराबाटै अस्पताल भर्ना गरिएको बताइएको छ ।

यसैबीच भारतमा दाङका एक व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ । जिल्ला प्रसासन कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिका वडा नं. १८ अम्वापुरका अन्दाजी ४० वर्षीय व्यक्तिको मृत्युपछि आइतबार दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर विधिवाट गरिएको स्वाब परीक्षणमा रिपोर्ट पोजेटिभ आएको हो।

दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालका अनुसार उनको ३ दिन अगाडि दिल्लीमा भएको र अन्तिम संस्कारका लागि दाङ ल्याइएको थियो । कोरोनाको परीक्षण गरीक्षण गरिएको थियो ।

मृतकको शव आइतबार विहान ६ बजेतिर घोराही ल्याइए पनि रिपोर्ट नआएकाले गाडीसहित कटुवा खोलामा पार्किङ गरेर राखिएको थियो। स्वाबको परीक्षण रिपोर्ट आएपछि मात्रै शव व्यवस्थापनको लागि नेपाली सेनाले तयारी थालेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

पउनी मजदुरीको सिलसिलामा भारतमा पुगेको र प्रेसर तथा दमको विरामी भएको आफन्तले बताएको प्रहरीको भनाइ छ ।
शव लिएर दाङ आएका एक जना आफन्तलाई क्वारेन्टिनमा राखिएको छ ।

प्रतिकृया दिनुहोस्