News Portal

कर्णाली प्रदेशमा तीन वर्षीया बालिकासहित ५४ जना संक्रमित

डबली संवाददाता२०७७ जेठ २५ गते
२६४ पटक

सुर्खेत । कर्णाली प्रदेशमा आज तीन वर्षीया बालिकासहित ५४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा महाशाखाका अनुसार नयाँ पुष्टि हुनेमा सल्यानका २८, सुर्खेतका २०, दैलेखका ३ र कालिकोटका ३ जना गरेर जम्मा ५४ जनामा कोरोना पुष्टि भएको हो । यो सँगै कर्णाली प्रदेशमा मात्रै जम्मा संक्रमितको संख्या ६ सय ४१ पुगेको छ ।

५४ जना संक्रमित मध्ये सल्यानको बनगाड कुपिण्डे नगरपालिकाका विभिन्न वडाका २५ जना पुरुष र एक जना महिला र कुमाख गाउँपालिका–३ मा २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी, सुर्खेतको बराहताल गाउँपालिकाको १ र २ नम्बर वडाका दुई जना पुरुष, भेरीगंगा नगरपालिका–२ का दुईजना पुरुष, वीरेन्द्रनगर नगरपालिका–२ का दुईजना पुरुष, चौकुने गाउँपालिका ७ र ८ का दुईजना पुरुष, लेकबेसी नगरपालिका विभिन्न वडाका ६ जना पुरुष, पञ्चकुमारी नगरपालिकाका पाँचजना पुरुष र एकजना तीन वर्षिया बालिका रहेका छन् ।

त्यस्तै, दैलेखका ३ जना र कालिकोटका ३ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी गण्डकी प्रदेशमा पनि आइतबार बिहानसम्ममा एकैपटक ३८ जनालाई कोरोना संक्रमित पुष्टि भएको छ । यो संगै गण्डकी प्रदेशमा मात्र जम्मा संक्रमित १ सय १३ जना पुगेको छ । अन्य प्रदेशमा अघिल्लो दिनहरुमा संक्रमित ह्वात्तै बढेको बेलामा यो प्रदेशमा एक–दुई जनामा मात्र देखिएको थियो तर आइतबार बिहान पुष्टि भएको संक्रमित पहिलोपटक सबैभन्दा उच्च संक्रमित हो ।

प्रतिकृया दिनुहोस्