News Portal

डोटी र बैतडीका क्वारेन्टिनमा दुई व्यक्तिको ज्यान गयो, कोरोना परीक्षण हुँदै

डबली संवाददाता२७७ जेठ २५ गते
१६४ पटक

धनगढी । डोटी र बैतडीमा गरीका दुई व्यक्तिको क्वारेन्टिमै ज्यान गएको छ । डोटीको केआई सिंह गाउँपालिका–३ को सिताराम आधारभूत विद्यालयमा रहेको क्वारेन्टिनमा १९ वर्षीय युवकको आइतबार विहान मुत्यु भएको डोटी प्रहरीले बताएको छ ।

भारतबाट जेठ १९ गते फर्र्किएका युवा २० गतेदेखि क्वारेन्टिनमा बसेका थिए । दश जना भएको उक्त क्वारेन्टिनमा उनीसहित १० जना थिए । मृतकको कोरोना परीक्षणको लागि स्वाब संकलन गरेर धनगढी पठाउने तयारी भइरहेको छ । परीक्षणको रिपोर्ट नआएसम्म शव उठाउन नदिइने डोटी प्रहरीले बताएको छ ।

त्यसैगरी बैतडीको पाटन नगरपालिका–६ स्थित भीमदत्त प्राविधिक शिक्षालयको क्वारेन्टिनमा बसेका एक पुरुषको पति मृत्यु भएको छ । पाटन नगरपालिका–६का ३१ वर्षीय पुरुषको शनिबार राति भएको प्रहरीले बताएको छ । उनी शनिबार विहान मात्रै भारतको बेंगलोरबाट गाउँ पुगेका थिए ।

एकाएक बेहोस भएका उनको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको थियो । उनको कोरोना परीक्षणको लागि स्वाब संकलन गरेर धनगढी पठाइएको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए ।
कोरोनाबाट बच्न भनेर मृतकसँगै उनका भाइसहित अन्य १३ जना एउटै गाडीमा आएका थिए । उनीहरुमध्ये पाँच जनाको आरडिटी नतिजा नेगेटिभ आएको थियो ।

प्रतिकृया दिनुहोस्