News Portal

एमसीसीको पक्षमा लागेको भन्दै सांसद बडु र ठगुन्ना नेकपाको कारवाही लिस्टमा

डबली संवाददाता २०७७ जेठ २४ गते
३४० पटक

काठमाडौं । दार्चुलाबाट निर्वाचित संघिय सांसद गणेश ठगुन्ना र दिलेन्द्र प्रसाद बडुलाई विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बहुविवादित एमसीसीको पक्षमा लागेको र उनिहरुलाई कारबाहीको लिस्टमा राखेको बताएको छ । हालै सो पार्टी दर्चुला इञ्चार्ज आकाश शर्मा र सेक्रेटरी लक्ष्मण शाहीले एक विज्ञप्ति जारी गरी संसद ठगुन्ना र बडुलाई एमसीसीको पक्षमा मतदान गरे कडा कारवाही गर्ने चेतावनी दिएका छन् ।

सो पार्टीले अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनाको पक्षमा लाग्नेहरुको लिस्ट तयार गर्न आह्वान गरेपछि उसले देशैभरी लिस्ट तयार पार्न लागेको एक नेताले बताए । उनिहरुले तत्काललाई सबैलाई राष्ट्रघाति सो परियोजनाको पक्षमा नलाग्न आग्रह गर्ने तर यदि संसदबाट पास नै गरेको खण्डमा भोलिपल्ट कडा कारबाहीमा उत्रने जनाएको छ ।

त्यस्तै विज्ञप्तिमा भनिएको छ, ‘एमसीसी परियोजनाका प्रावधानले नेपाललाई अमेरिकी सेनाको सैन्य अखडामा परिवर्तित गर्दै नेपालको अवस्था पनि इराक, अफगानिस्तान, सिरिया र लिवियाको जस्तै पराधीन र अर्ध औपनिबेशिक हुने निश्चित भएको भन्दै अहिलेसम्म पराधीन नरहेको नेपाललाई दलाल शासकहरुले आफ्नो व्याक्तिगत स्वार्थ परिपूर्ती गर्नका लागि एमसीसीलाई सदनबाट पास गराई देशलाई अमेरिकी साम्राज्यवादको जिम्मा लगाउने प्रयत्नरत रहेको नेकपाले जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘दार्चुलाबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसदहरु गणेश ठगुन्ना र दिलेन्द्र प्रसाद बडु ज्युलाई संसदमा एमसीसी जस्तो राष्ट्रघाती अपराधका पक्षमा भोट नगर्न नेपाल कम्युनिस्ट पार्टी दार्चुला जिल्ला कार्य समिति आग्रह गर्दछ ।’ विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यदि जनताको भावना विपरित एमसीसी जस्तो राष्ट्रघाती, जनघाती र देशको सार्वभौमिकतालाई चुनौती दिने हिन्द प्रसान्त रणनीतिको अंग एमसीसीका पक्षमा भोट गरे दार्चुलाका देशभक्त र स्वाधीनताका पक्षमा लडिरहेका जनताले जनकारबाही गर्नुका साथै जिल्ला प्रवेशमा रोक लगाउने ब्योहोरा जानकारी गराउँदछौ ।’

प्रतिकृया दिनुहोस्