News Portal

बाजुराको एक क्वारेन्टिनमा र भरतपुर अस्पतालमा भारतबाट आएका एक-एक जनाको मृत्यु, कोरोना लक्षण

डबली संवाददाता२०७७ जेठ २४ गते
२६५ पटक

धनगढी । भारतबाट घर फर्केका बाजुराको एक क्वारेन्टिनमा एक जनाको मृत्यु भएको छ । खप्तड छेडेदह गाउँपालिका ७ स्थित मष्टा आधारभुत विद्यालयको क्वारेन्टिनमा राखिएका ६५ वर्षीय एक पुरुषको मृत्यु भएको हो ।

जेठ १५ गते भारतबाट जिल्ला पुगेका उनको शनिबार विहान मृत्यु भएको बाजुरा प्रहरीले बताएको छ । भारतबाट आएकाहरुमा कोरोना संक्रमण बढेपनि सरकारले परीक्षण नगरी गाउँगाउँ पठाएको छ ।

मृत्यु पछि परीक्षण हुँदै आएको छ । मृतक पुरुषको शवलाई छुटै राखिएको छ । कोरोनासँग सम्बन्धित लक्षण देखिएकोले परीक्षणको लागि स्वाब संकलन गरिएको छ । रिपोर्ट नआएसम्म दाहसंस्कार नगरिने बताइएको छ ।

यसैबीच चितवनस्थित भरतपुर अस्पतालको आईसीयूमा एक युवकको मृत्यु भएको छ । माडी नगरपालिकाका २७ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको हो ।

उनी भारतबाट करिब दुई साता अघि माडी आएका थिए । उनमा ज्वरो र खोकीको समस्या बढ्दै गएपछि शुक्रबार दिउँसो भरतपुर अस्पतालको कोभिड आईसीयूमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको शनिबार बिहान करिब साढे १० बजे मृत्यु भएको भरतपुर अस्पताल स्रोतले बतायो ।

कोरोनाको लक्षण देखिएकोले स्वाब संकलन गरेर ल्याबमा पठाएको अस्पतालले बताएको छ ।

प्रतिकृया दिनुहोस्