News Portal

नेपालका ११ जनासहित कोरोनाबाट मृत्यु हुनेको संख्या चार लाख नजिक, अमेरिकामा एक लाख ११ हजार

डबली संवाददाता२०७७ जेठ २४ गते
१५३ पटक

काठमाडौँ । कोरोना भाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या चार लाख नजिक पुगेको छ । नेपालमा ११ जनासहित ३ लाख ९९ हजारको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले बताएका छन् ।त्यस्तै कुल ६८ लाख ५१ हजार संक्रमितमध्ये ३३ लाख ५२ जहार निको भएर घर फर्केका छन् ।

मृत्यु हुनेमा सबैभन्दा बढी अमेरिका नै छ । साढे १९ लाख संक्रमितमा १ लाख १२ हजारको मृत्यु भएको छ भने ७ लाख ३८ हजार निको भएर घर फर्केका छन् । त्यसपछि बेलायतमा सबैभन्दा बढीको मृत्यु भएको छ । बेलायतमा मृत्यु हुनेको संख्या ४० हजा ३ सय पुगेको छ ।

बेलायतपछि ब्राजिलमा सबैभन्दा धेरैको मृत्यु भएको छ । शनिबार विहानसम्म ब्राजिलमा मृत्यु हुनेको संख्या ३५ हजार नाघेको छ । सुरुमा निकै गतिमा मृत्युदर भएको इटलीमा अहिले भने विस्तारै नियन्त्रणमा आउन थालेको छ । २ लाख ३५ हजार संक्रमितमा ३३ हजार ७७४ जनाको मृत्यु भएको छ भने १ लाख ६४ हजार निको भएर घर फर्केका छन् ।

संक्रमितमा अमेरिकामा पछि दोस्रो स्थानमा रहेको रुसमा मृत्यु भने ५ हजार ५२८ जनामा सिमित छ । त्यस्तै २ लाख १३ हजार निको भएर घर फर्केका छन् । रुसले सम्भावित सबै नागरिकको परीक्षण गरेको धेरै संक्रमित भेटिएका हुन् । युरोपको अर्को देश स्पेनमा मृत्यु हुनेको संख्या २७ हजा नाघेको छ । २ लाख ८८ हजार संक्रमित छन् ।

नेपालको छिमेकी भारतमा मृत्यु हुनेको संख्या ६ हजार ६४९ पुगेको छ । कुल २ लाख ३६ हजार ६५७ संक्रमितमध्ये १ लाख १४ हजार निको भएर घर फर्केका छन् । नेपालमा शुक्रबारसम्म कुल संक्रमितको संख्या २ हजार ९ सय १२ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

प्रतिकृया दिनुहोस्