News Portal

सुर्खेतमा क्‍वारेन्टिनबाट घर पुगेलगत्तै युवा र बैतडीमा युवतीको मृत्यु, रिपोर्ट आउन बाँकी

डबली संवाददाता२०७७ जेठ २२ गते
११० पटक

काठमाडौं । सुर्खेत र बैतडीमा दुई व्यक्तिको मृत्यु भएको छ । सुर्खेतमा क्वारेन्टिनबाट घर फर्के लगत्तै एक युवाको मृत्यु भएको छ । जिल्लाका पश्चिम पर्ने जनता मावि विद्यापुर क्वारेन्टिनमा बसेर बुधबार साँझ घर गएका एक युवकको विहीबार विहानै मृत्यु भएको छ ।
पन्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्रबहादुर थापाकाअनुसार यही जेठ ७ गते भारतबाट पुगेका वडा नम्बर १ का १९ वर्षीय युवकको बिहीबार विहान घरमै मृत्यु भएको हो ।
कोरोना परीक्षणको लागि उनको स्वाब संकलन गरेर सदरमुकाम वीरेन्द्रनगर पठाइएको छ । सोही क्वारेन्टाइनमा तीन जनामा कोरोना पोजेटिभ देखिएको थियो । जहाँ ५४ जना थिए । उनीहरुको कोरोना परीक्षण गर्दा तीन जनालाई पोजेटिभ देखिएको थियो ।
कोरोना रिपोर्ट नेगेटिभ आएपछि ती युवकलाई बुधबार घर पठाइएको र राति मात्र घर पगेका थिए । राति करिब दुई बजेतिर उनको मृत्यु भएको बताइएको छ ।
यसअघि बुधबार नै बैतडीको पुर्चौडी नगरपालिका ४ भटनास्थित मालिका माध्यामिक विद्यालयको क्वारेन्टिनमा बसेकी २२ वर्षीया युवतीको मृत्यु भएको थियो । भारतबाट आएर १८ गतेदेखि क्वारेन्टिमा बस्दै आएकी युवतीको बुधबार विहान मृत्यु भएको थियो । साँझसम्म सामान्य अवस्थामा रहेकी युवती राति एक्कासी बिरामी भइन् लगत्तै मृत्यु भएको बताइएको छ ।
जेठ १६ गते गौरीफन्टा नाकाबाट नेपाल आएर बैतडी पुगेकी थिइन् । उनका श्रीमान्, १८ महिनाको छोरा र एक जना आफन्तको स्वाब संकलन गरेर परीक्षणको लागि पठाइएपनि रिपोर्ट आएको छैन । भारतको पञ्जाबमा मुटुरोगको उपचार गराएर फर्किएको बताइएको छ ।

प्रतिकृया दिनुहोस्