News Portal

कोरोना र प्रतिबन्धको डरभन्दा राष्ट्रियताको माया बढीः नेकपाले जलायो ओली र देउवाको पुत्ला

डबली संवाददाता२०७७ जेठ २१ गते
२९३ पटक

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले प्रधानमन्त्री र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको पुत्ला जलाएको छ । एमसीसी सम्झौतालाई संसदबाट पारित गराउन लागेको भन्दै नेकपाले बुधबार काठमाडौँसहित देशभर ओली र देउवाको पुत्ला जलाएको हो ।
प्रतिबन्द र लकडाउनबीच नेकपाका नेता कार्यकर्ताहरु सडकमा निस्केर अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई संसदबाट पारित गराउने खेल भएको र त्यसको मुख्य नाइके प्रधानमन्त्री ओली र देउवा भएको भन्दै नाराबाजी समेत गरेका थिए ।

नेकपा काठमाडौँले काठमाडौंको गोकणेश्वर, नागर्जुन, चन्द्रागिरी, किर्तीपुर, दक्षिणकाली, तार्केश्वर, टोखा, बुढानिलकण्ठ नगरपालिकाका साथै महानगरपालिकाका जडीबुटी, कलंकी र ठमेल, नयाँ बसपार्कलगायतका स्थानहरुमा बुधबार साँझ पुत्ला दहन गरेको छ । प्रधानमन्त्री ओली र काँग्रेस सभापति देउवाको समर्थनमा संसदबाट एमसीसी पारित गरेर राष्ट्रघात गर्न लागेको नेकपाले बताएको छ ।

नेकपाले प्रधानमन्त्री ओली र देउवालाई एमसीसी पास गराउने मुख्य मतियार भएको आरोप समेत लगाएको छ । एमसीसी नेपाली सार्बभौमिकता, स्वाधीनता र स्वतन्त्रताविरुद्ध भएको बताउँदै नेकपलो संघर्षका कार्यक्रम घोषणा गरेको छ । सडकमा निस्केका नेकपा कार्यकर्ता तथा समर्थकहरुले सरकारविरुद्ध पनि नाराबाजी गरेका थिए । नेपाललाई अमेरिकी सेनाको क्रिडास्थल बनाउन एमसीसी संसदबाट पारित गर्न लागिएको बताउँदै नेकपाले यही २८ गतेसम्म पहिलो चरणका संघर्षका कार्यक्रम घोषणा गरेको छ ।

पार्टी महासचिव विप्लवले विज्ञप्ति जारी गरेर घोषणा गरिएका संघर्षका कार्यक्रमअनुसार हिलो मंगलबार एमसीसी सम्झौता जलाइएको थियो भने आज ओली र देउवाको पुत्ला जलाउने कार्यक्रम थियो । सोहीअनुसार काठमाडौं उपत्यकासहित चितवन, पोखरा, बुटवल, बाँके, बर्दिया, कैलाली, कञ्‍चनपुर, अछामलगायतका जिल्लाहरुमा बुधबार दिउँसोदेखिन नै नेकपाका नेताकार्यकर्ता र समर्थकले नाराबाजी गर्दै पुत्ला जलाएका थिए ।

विप्लवले घोषणा गरेका कार्यक्रमअनुसार जेठ १९ र २० गते एमसीसी सम्झौता जलाउने, जेठ २१ गते केपी शर्मा ओली र शेरबहादुर देउवाको पुतला जलाउने, जेठ २२ गते पर्चा वितरण तथा बेलुका मशाल जुलुस निकाल्ने, जेठ २८ गते पोस्टर टाँस्ने रहेका छन् ।

प्रतिकृया दिनुहोस्