News Portal

कोराना संक्रमबाट दोलखाका ७६ वर्षीय बृद्धको मृत्यु, मृतकको संख्या ९ पुग्यो

डबली संवाददाता
१२२ पटक

२०७७ जेठ २१ गते
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट ९ नौं व्यक्तिको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृतक दोलखाका ७६ वर्षीय वृद्धको कोरोनाका कारण मृत्यु भएको हो ।
जेठ १३ गते ह्यामरेज स्ट्रोक भएपछि वृद्धलाई काठमाडौं मेडिकल कलेज भर्ना भएका थियो । उनको अपरेसन गरिएको थियो । कोरोनाको लक्षण देखिएपछि १५ संकलन गरिएका स्वाबको परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको छ ।
शिक्षण अस्पतालमा उपचारको क्रममा बुधबार उनको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

प्रतिकृया दिनुहोस्